उल्लासमय बन्यो नेपाली मेला: चिम्खोले काईला

SHARE:

लन्डन भदौ १४ । कोरोना कहरबीच १२ औं संस्करणको नेपाली मेलाको उल्लासमय वातावरणमा सम्पन्न भएको छ ।

तमु धिं यूके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन पार्कमा सम्प‍न्‍न भएको हो । मेला भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे । कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए । आगामी वर्षहरुमा नेपाली मेला कार्यक्रमलाई परिस्कृत गरेर लैजाने, नेपाल र बेलायत दुई देशबीचको व्यापार प्रवर्द्धन भव्य बनाएर लैजानेमा तमुधिं यूके र दूतावासले अठोट लिएको उनले जानकारी दिए ।

उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे । आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए । अध्यक्ष गुरुङले तमुधिं यूकेको मात्र मेला होइन सबै नेपाली मेला हो भनेर नेपाली दूतावास लन्डनले सहयोग दिइरहेकोमा खुसी व्यक्त गर्दै आफूहरु ऋणी रहेको बताए । पुरस्कार प्रायोजन गर्ने व्यक्ति तथा संस्थालाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए ।

तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्‍चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रममा बेलायतवासी गीतकार एवं पूर्वप्रधानाध्यापक एकेन्द्र गुरुङद्वारा संकलित, सम्पादित ‘बेलायतमा नेपाली गीत’ पुस्तक विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मी, तमुधिंका अध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष हरि गुरुङले पुस्तक लोकार्पण गरेका हुन् । सम्पादक गुरुङलाई तमुधिंका अध्यक्ष गुरुङ र राजदूत रेग्मीले खादा लगाएर बधाई दिएका थिए ।

नेपाली मेलाको मुख्य आकर्षण झाँकी, नृत्य प्रस्तुति रहेको थियो । सहभागीहरुको मनोबल बढाउन र अगामी सालमा धेरैभन्दा धेरैको सहभागी गराउन पुरस्कारको राम्रो बन्दबस्त थियो । कार्यक्रमको अन्तमा पुरस्कार वितरण भएको थियो । यसपालीको सर्वोत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी यूकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, ऐम्बेसडर कप र एनआरएनए यूके कप हात पार्‍यो । प्रथम पुरस्कारका प्रायोजक गोर्खा मोर्गेजेजका डाईरेक्टर माईकल असर थिए ।

दोस्रो पुरस्कार चार भ्याङज्याङ तमु समाज यूकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात यायोक्खा यूकेले ५ सय पाउन्ड पायो । यो उनीहरुको नेपाली मेलामा पहिलो सहभागिता थियो । झाँकीतर्फ सिक्लेस पार्चे कम्युनिटी यूके र चार भ्याङज्याङ तमु समाज यूके क्रमशः प्रथम, द्वितीय भई ५ सय र ३ सय पाउन्ड पाए । नृत्यमा पनि सिक्लेसे टोलीले नै जित्यो । ५ सय पुरस्कार पायो र दोस्रो भई राई यायोक्खाले३ सय पाउन्ड पायो ।

पुरस्कारका प्रयोजकहरु पुरन गिरी ७ सय, थर्क सेन ५ सय, ललितकुमार न्यौपाने ५ सय, क्या. चित्र गुरुङ ३ सय, मिलन गुरुङ ५ सय, एलबीजेड ३ सय थिए । र, राफल ड्र का लागि श्री लक्की ज्वेलर्स अल्डरसटबाट १ तोला सुन, ईमान गुरुङ आईप्याड र डिलरास गुरुङ १ सय पाउन्ड प्राप्त भएको थियो ।

मेलाका लागि आर्थिक सहयोग गर्नेहरुमा तमु समाज यूके १ हजार, योगेन क्षेत्री १ हजार, मेजर कुमार गुरुङ (एमभीओ) १ हजार, कमल पौडेल ५ सय  पाउन्ड थिए ।

कार्यक्रमलाई पूर्णाता दिनुमा तमुधिं यूकेका आमा समूहको उल्लेखनीय भूमिका देखिन्थ्यो। कार्यक्रम स्थलमा बिहान सबैरेदेखि उपस्थित रहेर दिनैभरि पाहुना सत्कार र च्यारिटीका लागि कपडा बेच्न पनि भ्याए । ‘कपडा बेचेर ७ सय पाउन्ड जम्मा भएकोछ । यो हामीले नेपालमा च्यारिटीका लागि पठाउँनेछौं’, आमा समूहका महासचिव यशोदा गुरुङले गोर्खा मिडियालाई बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!