तेस्रो खुला भलिबलको उपाधि अल्डरसटलाई

SHARE:

लन्डन भदौ १४ । मोना यूकेले आयोजना गरेको तेस्रो खुला भलिबल प्रतियोगितामा पुरुषतर्फ अल्डरसट भलिबल टिम, महिलातर्फ सालिजा टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका छन् ।

रसमोर सायन्ट एफसीमा शनिबार भएको तेस्रो खुल्ला पुरूष, महिला र प्रौढ भलिबल प्रतियोगितामा बेलायतमा रहेका ३० नेपाली समूहहरुको सहभागिता रहेको थियो । पुरुषतर्फ प्रथम हुने समूहले १५ सय पाउन्ड, द्वितीय हुनेले ८५० पाउन्डसहित आकर्षक मेडल, ट्रफी, प्रमाणपत्र पाएका छन् भने महिलातर्फ प्रथम हुनेले ८ सय पाउन्ड, द्वितीय हुनेले ४ सय पाउन्ड तथा आकर्षक मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै (भेट्रान) तर्फ भएको खेलमा प्रथम पुरस्कार ८ सय पाउन्ड, द्वितीय पुरस्कार ४ सय पाउन्ड तथा आकर्षक मेडल, ट्रफी, प्रमाणपत्र प्रदान गरिएको छ ।

धौलागिरि नौमती बाजाले सांगीतिक माहोल तताएको थियो । नेपाली बाजागाजामा रम्दै उपस्थितहरुले थुप्रै समय नाचगान गर्दै खेल हेरेका थिए । प्रतियोगिताले बेलायतमा छरिएर रहेका म्याग्दी प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकसुत्रमा बाध्ने र एकताको संवाहकको रुपमा काम गरेको संस्थाले जनाएको छ ।

सबै म्याग्दीवासीहरु भेटवार्ता गर्ने, एक आपसमा परिचय गर्ने, आत्मियता बढाउने, सहयोगी भावना विकास गर्ने, म्याग्दीको संस्कार संस्कृतिको संरक्षण गर्ने, भलिबल खेलको माध्यमबाट आफ्नो जन्मथलो म्याग्दी जिल्लाको नाम स्थापित गराउने अभियानको रुपमा पनि यस कार्यक्रमलाई लिइएको आयोजक मोना यूके अध्यक्ष दल जुग्जालीले बताए । प्रतियोगिताका विजेताहरुलाई आयोजक मोना यूके अध्यक्ष दल जुग्जाली, प्रमुख अतिथि विशिष्ट अतिथि लगायतले पुरस्कार वितरण गरेका थिए ।

मोना यूके अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काउन्सिलर जीव बेलबासे विशेष अतिथि प्रवेश केसी, नेम थापा र एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर रहेका थिए ।

उपाध्यक्ष होम रोकाले स्वागत मन्तव्य राखेका थिए भने औपचारिक कार्यक्रम सञ्चालन महासचिव लालबहादुर पुनले गरेका थिए । प्रतियोगितामा अनिल मल्ल, तारा गर्बुजा मगर, विष्णु भण्डारीले विशेष भूमिका निभाएका थिए । दिनभरको खेल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!