१२औं नेपाली मेलामा तमु समाज युकेको सहभागिता [तस्बिरहरु]

SHARE:

लन्डन भदौ १५। हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने नाराका साथ तमु धिं युकेको आयोजनामा २९ अगष्ट २०२१ आइतबारका दिन केम्पटन पार्क रेसकोर्स लण्डनमा भव्यताका साथ सम्पन्‍न नेपाली मेला २०२१ मा तमु समाज यूकेले सहभागिता जनाएको छ ।

तमु धिं यूकेको निमन्त्रणालाई सहर्ष स्वीकार गरी, नेपाली मेलामा सहभागी बनौं, हाम्रो कला र संस्कृतिको जगेर्ना गरौं, नेपाली तथा तमु एकता आजको मूल आवश्वकता भन्ने मर्मलाई आत्मसात गर्दै तमु समाज यूकेले लामो समयको अन्तरालपछि १२औं नेपाली मेलामा भव्य सहभागीता जनाएको हो । मेलामा तमु समाजले नेपाली कला र संस्कृति झल्किने झाँकी र सोरठी नृत्यको प्रस्तुति गरेको थियो ।

तमु भेषभूषामा प्रस्तुत झाँकीमार्फत नेपाली समुदायमा सदिऔंदेखि विभिन्न परिस्थितिले आफ्नो परिवारको सदस्यहरु लाहुरे बनेर विदेश यात्रामा निस्कनु पर्ने र परिवारसँग लामो समयसम्म छुट्टिनु पर्ने बियोगान्त परिघघटना गीत तथा संगीतको माध्यमबाट प्रस्तुत गर्ने जमर्को गरिएको थियो ।

नेपाली मेलाको आयोजक तमु धिं यूके परिवार र नेपाली राजदूताबास बेलायत साथै १२औं नेपाली मेलामा सहभागी सबै संघ संस्था तथा उपस्थित दर्शक महनुभावहरुमा तमु समाज यूकेले कृतज्ञतासहित बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!