बेलायतको बेन नेविस पहाडमा नेपाली झण्डा फहराइयो

SHARE:

लण्डन भदौ १५ ।

बेलायतको स्कटल्याण्डमा अवस्थित पहाड बेन नेविसको चुचुरोमा नेपाली झण्डा फहराएको छ ।

बेन नेविसको चुचुरोमा केहीबेर मौलिक नेपाली बाजाहरु सारंगी, मुरचूंगा, मादल र पंचेबाजा पनि घनकिएको थियो । १३४५ मिटर अग्लो उचाईमा रहेको सो पहाड पुरा गर्न करिब ४ माइलको कठिन उकालो हिड्नुपर्छ । बेलायती सेनामा काम गरेका तर पेन्सन तथा अन्य सुबिधाबाट बंचित रहेका गोर्खा सैनिक र तिनका परिवारलाई सहयोग गर्ने उद्देश्यले यो आरोहण अभियान संचालन गरिएको हो ।

बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली तथा बिदेशी गरी जम्मा २२ जनाले आरोहणमा भाग लिएका थिए। न्यूकासल निवासी बिनम घिमिरेले अभियानको संयोजन गरेका थिए । लिभरपुल नेपाली समाजलाई पनि उक्त अभियानमा सहयोग गर्न अनुरोध गरिए पछि समाजका अध्यक्ष देउमान इजम, सल्लाहकार डा.मनोहर बुढाथोकी, सदस्य शिवराज पन्त र खड्ग गुरुङले पनि आरोहण तथा आर्थिक सहयोग अभियानमा साथ दिएका थिए ।

संयोजक बिनम घिमिरेका अनुसार अभियानबाट ५०० पाउन्ड संकलन गर्ने लक्ष्य राखिएको भए पनि ८३६ पाउन्ड संकलन भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!