आजको भर्चुअल बैठकले निम्न निर्णयहरु गर्योः
१. महाधिवेशन प्रतिनिधिहरुको नामावली बारे कार्य समितिलाई जानकारीः बैठकमा अध्यक्ष श्री प्रेम गाहा मगर र उपाध्यक्ष श्री नारायण दत्त कँडेलले अक्टोबर महिनामा हुने संघको अन्तरराष्ट्रिय समन्वय परिषदको अधिवेशनको लागि चुनिएका ६५ प्रतिशत २५ प्रतिशत र १० प्रतिशत प्रतिनिधिहरुको अन्तिम नामावली बारे एनआएनए आइसीसी, एनआरएनए यूकेका सदस्यहरु, मिडिया र कार्य समितिभित्र उठेका जिज्ञासाहरु पुरा गर्ने प्रयास गर्नु भयो ।
२. को–अपहरु नियुक्ति गर्ने बारेमाः कार्य समितिको लागि को–अप सदस्यहरु कति जना नियुक्त गर्ने भन्ने विषयमा विधानमा केही अस्पष्टता देखिएकोले उपाध्यक्षत्रय नारायण कँडेल, राम चन्द्र पोखरेल र गोविन्द खरेललाई विधानको पुनः अध्ययन गरी अर्को बैठकमा कार्यसमितिलाई स्पष्ट पार्ने जिम्मा दिइयो ।
३. ग्लोबल हेल्थ कन्फरेन्स बारेमाः बैठकमा अध्यक्ष प्रेम गाहा मगरज्यूले आगामी सेप्टेम्बर १९ हुन गइरहेको तेस्रो ग्लोबल हेल्थ कन्फरेन्सको तयारी बारे अपडेट (अद्यावधिक) प्रस्तुत गर्नु भयो ।
४. सेप्टेम्बर १९ को साँझ एक च्यारिटी डिनर कार्यक्रमः बैठकले आगामी सेप्टेम्बर १९ मा हुने ग्लोबल हेल्थ कन्फरेन्स कार्यक्रमपश्चात सोही स्थानमा एक च्यारिटी डिनर कार्यक्रम गर्ने निर्णय गर्यो । कार्यक्रम च्यारिटी विभागको आयोजनामा हुने र च्यारिटी प्रमुख गोविन्द खरेल (उपाध्यक्ष) आफैंले गर्ने निर्णय भयो ।
५. धन्यवाद – शपथ ग्रहण – सम्मान कार्यक्रमः
बैठकले निम्न मिति, स्थान र समयमा निम्न उद्देश्यका लागि एक कार्यक्रम गर्ने निर्णय गर्योः
- मितिः शनिबार, २ अक्टोबर २०२१
- स्थानः दि प्यालेस, अल्डर्शट
- समयः साँझ ५ बजे शुरु
कार्यक्रमको उद्देश्यः
- नवनियुक्त सल्लाहकारहरु र संरक्षक परिषदलाई सम्मान गर्ने ।
- कार्य समितिका नवनियुक्तहरुलाई शपथ गराउने ।
- निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्ने ।
बैठकले माथि ४ मा उल्लिखित कार्यक्रम संयोजनको जिम्मेवारी महासचिवलाई सुम्पियो ।
(६) सल्लाहकारहरुको नामावली बारेः बैठकले एनआरएनए यूकेको कार्यकाल (२०२१–२३) को लागि सल्लाहकारहरुको नामावलीको प्रारम्भिक रुपरेखा राज्य परिषदहरुसंगको सामञ्जस्यतामा सेप्टेम्बर ६ भित्रमा तयार गर्ने । सेप्टेम्बर १३ को जूम बैठकमा नामावलीउपर कार्य समितिमा छलफल गर्ने, र आवश्यक परिमार्जन सहित उक्त नामावलीलाई सेप्टेम्बर २७ भित्रमा अन्तिम रुप दिने निर्णय गर्यो ।
(७) कार्यालय स्थापना बारे प्रगति विवरणः बैठकमा कोषाध्यक्ष श्री बिष्णु खरेलले एनआरएनए यूकेको कार्यालय स्थापनार्थ भइरहेका गतिविधिहरुबारे कार्यसमितिलाई अपडेट (अद्यावधिक) प्रस्तुत गर्नु भयो ।
(८) कोषाध्यक्षलाई सल्लाहः बैठकमा अध्यक्ष प्रेम गाहा मगरले कोषाध्यक्ष बिष्णु खरेललाई अल्डरशटमा कार्यालय स्थापनार्थ कृृयाकलापहरुमा उपाध्यक्ष श्री सुनिल वावु खड्का र प्रवक्ता श्री भरतमणी चोङबाङसंग पनि आवश्यक सल्लाह र सहयोग लिएर कार्य गर्न सल्लाह दिनु भयो ।
(९) आर्थिक बिभाग बारेः बैठकमा कोषाध्यक्ष विष्णु खरेलले आफ्नो आर्थिक विभागमा सहसंयोजक १, सदस्य सचिव १, सदस्य १ र सल्लाहकार १ गरी चार जना सदस्यहरु मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्ने भनी बैठकलाई जानकारी गराउनु भयो ।
(१०) प्रेस (मिडिया) बिभाग बारेः त्यस्तै बैठकमा प्रवक्ता भरतमणी चोङबाङले पनि आफ्नो प्रेस तथा प्रचारप्रसार विभागमा सहसंयोजक १, सदस्य सचिव १ र सदस्यहरु २ गरी बढीमा चार जना सदस्यहरु मनोनयन गर्ने र उनीहरुको नामावली अर्को बैठकमा पेश गर्ने भनी बैठकलाई जानकारी गराउनु भयो ।
(११) अर्को बैठकः वर्तमानमा हरेक सोमबार साँझ ८ बजेबाट जूम बैठक बस्ने पूर्ववत निर्णयलाई बैठकले कायमै राख्दै कार्य समितिको अर्को प्रत्यक्ष बैठक अक्टोबर २ शनिबार अल्डरशटमा बस्ने निर्णय भयो ।






