नेपाली सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

SHARE:

जयराम तामाङ

बेलायत – यहि सेप्टेम्बर ४ तारिखको शनिबारको दिन सुइण्डनको फ़ारिङ्ग्डन पार्कमा नेपाली एसोसिएसन वेल्शाएरले नेपाली सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। विभिन्न दश जातजातिको आ आफ्नो सस्कृति झल्कने भेषभुषा अनि परिचयको साथमा प्रदर्शन गरेका थिए। हामी नेपालीहरु जहाँ रहे पनि आफ्नो भाषा ,भेषभुषा रितिरिवाज, परम्परा अनि संस्कृति बिर्सन हुन्न भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । रचना गुरुङ ले नेपालि र एङ्ग्लिश गीतहरु गाएर दर्शकहरुको मन जित्न सफल भएकी थिइन।  कार्यक्रममा स्थानिय ब्रिटिशहरुको ब्रास ब्याण्ड ले पनि बाजाहरु बजाएर कार्यक्रमको थप रौनक बढाएको थियो।

  अध्यक्ष ज्ञान प्रसाद गुरुङ को अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा प्रमुख अतिथि दक्षिण स्विण्डनका एमपी तथा जस्टिस सेक्रेटरी श्री रोबर्ट बक्ल्याण्ड थियो भने बिशेष अतिथिमा सुइण्डन  बरो काउन्सिलका  मेअर श्री गेरी पर्किन्स थियो। तिनै जनाले एकै पटक तिन वटा पानसमा मैन बत्ति बालेर उद्घाटन गरेको कार्यक्रममा कोरोना महामारीमा ज्यान गुमाएका बिस्वभरका मानिसहरुको सम्झनामा बिर सुनुवारले ब्याग पाइपर बजाउदै तिनै जनाले फूलको रिथ चढाएपछि एक मिनेट मौन धारण गरेको थियो ।
  तिन वटा सत्रमा संचालित उक्त कार्यक्रममा  सचिब भवानी गुरुङ ले  पहिलो र अन्तिम  कार्यक्रम संचालन गरेको थियो  भने दोस्रो चरणको सास्कृतिक तथा नृत्य को कार्यक्रम  उपाध्यक्षहरु  खगेन्द्र गौचन र मंजु बुरा रानाले गरेको थियो। उपाध्यक्ष मंजु बुरा बिचमा काम बिशेषले  बाहिरा जानु परेकोले उहाँको ठाउँमा शशि गुरुंगले साथ् दिनु भएको थियो। बालबालिकाहरुको लागि विभिन्न किसिमको रमाइलो गर्ने ठाउँहरु पनि बनाएको थियो भने स्थानिय नेपालीहरुले  विभिन्न किसिमको स्टलहरु पनि राखेको थियो। मेअर ग्यारिले नेपालीहरुले अतिनै प्रसंसनिय काम गरेको भन्दै अर्को बर्षको लागि पनि दिनहरुतय गर्नु भनेर सल्ल्हा अनि सुझाब दिएको थियो। यो क्षेत्रमा सबै संघ संस्थाले  भन्दा  नेपालीहरुले राम्रो काम गरेकोले यो बर्षको पुरुस्कार पनि नेपाली संस्थाले हात पारेको भन्दै  प्रसंसा  गरेको थियो। कार्यक्रमको अन्तमा मेअर श्री ग्यारी पर्किन्स र अध्यक्ष ज्ञान प्रसाद गुरुङ ले नृत्यमा भाग लिने साना नानीहरु, एमटिएम अवार्डका डाइरेक्टर लगायत विभिन्न व्यक्तित्वहरुलाई प्रमाण पत्र तथा मायाको चिनोहरु दिनु भएको थियो ।  कार्यक्रम स्थल जानको लागि निशुल्क प्रवेश गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!