उपाक्ष्यक्षमा साहरा यूकेका अध्यक्ष कुमार गुरुङ र चेलीबेटी प्रमुखमा चन्द्रादेवी गुरुङ निर्वाचित

अल्डरसट, ह्याम्पसायर । गुरुङहरुको उपथरहरुमध्ये एक क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको अध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ सर्बसहमतिमा चयन हुनुभएको छ ।
एम्पायर हल अल्डरसटमा हिजो सम्पन्न तेस्रो अधिवेशन तथा ७ औ साधारणसभाले तमु धिं यूकेको पूर्व खेलकुद संयोजक पिताम्बर गुरुङ अध्यक्षमा, उपाध्यक्षमा साहरा यूकेको अध्यक्ष कुमार गुरुङ र चेलीबेटी प्रमुखमा चन्द्रादेवी गुरुङलगायत सम्पूर्ण कार्यसमिति सर्वसहमतिमा चयन गरिएको हो ।
क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको वरिष्ठ सल्लाहकार हरि गोबिन्द गुरुङ प्रमुख निर्वाचन आयुक्त, समाजको प्रवक्ता रामकुमार गुरुङ तथा भूपू उपाध्यक्ष नारदमणि गुरुङ सदस्य रहेको त्रिसदस्य निर्वाचन समितिले समाजको अध्यक्ष, उपाध्यक्षसहित सम्पूर्ण कार्यसमिति सदस्यहरुको उम्मेदवार लिने, चयन गर्ने र अनुमोदनको लागि अधिवेशनमा प्रस्तुत गरेको थियो र त्यसै समितिलाई सभाले समर्थन गर्दै अनुमोदन गरेको थियो ।
कार्यक्रममा एनआरएनए यूकेको निबर्तमान अध्यक्ष तथा समाजका संस्थापक चेलीबेटी प्रमुख पुनम गुरुङलाई एनआरएनए यूके जस्तो गरिमामय संस्थाको दुई वर्षे आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा गुरुङप्रति गर्व गर्दै पुनम गुरुङ र उहाँका श्रीमान् सफल ब्यवसायी कमल गुरुङलाई बधाई दिएको थियो । यसै क्रममा गुरुङले माइती परिवारको बिशेष माया, साथ र बिशेष सहयोगले नै आफूमा आत्मविश्वास बढेको र सम्पूर्ण यूकेबासी नेपालीको सहयोगले आफ्नो कार्यकाल सफल रहेको कुरा बताउनुभयो र पुन: सबैलाई एकमुषट धन्यवाद दिनुभयो ।
निबर्तमान अध्यक्ष अनररी लेउटिनेन्ट चन्द्रबहादुर गुरुङको अध्यक्षमा भएको अधिवेशसनको प्रमुख अथिति यसै समाजको बौद्धिक ब्यक्तित्व लेफ्टिनेन्ट (रिटायर्ड) थमनसिङ गुरुङ हुनुहुन्थ्यो भने विशेष अथिति तमु धिं यूकेको नेपाल प्रतिनिधि तथा गोरखाली ग्रुप नेपालको निर्देशक मेजर(रिटायर्ड) लछमीप्रसाद गुरुङ हुनुहुन्थ्यो ।
प्रमुख अथिति गुरुङले भगवान् बुद्धको प्रमुख मन्त्रहरुमध्ये एक “संघम शरणम गच्छामी” अर्थात् कुनै पनि जाति तथा समाज बिशेषको रितिथिती, संस्कृति, परम्परा, भाषा तथा भेषभुषा आदिको संरक्षण र संवर्द्धन गर्नमा संघसंस्थाहरुको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा भगवान् बुध्दले धेरै वर्ष अगाडि नै उल्लेख गरेको कुरा बताउँदै समाज वा संघसंस्थाहरुको आवश्यकताबारे पुष्टि गर्नुभएको थियो । त्यस्तै बिशेष अथिति मेजर(रिटायर्ड) लछमीप्रसाद गुरुङले आफ्नै ब्यवसाय र अरु थुप्रै संघसंस्थाहरुसँग आफ्नो संलग्नता रहेकोले क्वोने समाजका लागि त्यत्ति समय दिन नपाए पनि आवश्यक परेको बेला सकेको सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पहिलो र दोस्रो सत्र गरी दुई चरणमा सम्पन्न क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको तेस्रो अधिवेशनको पहिलो सत्रमा समाजको निवर्तमान सचिव मेजर राजपती गुरुङले कार्यक्रमस्थलको स्वास्थ्य सुरक्षाबारे जानकारी गराउनुभएको थियो भने नवनिर्बाचित अध्यक्ष पिताम्बर गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै स्वागत मन्तब्य दिनुभएको थियो । त्यस्तै कोषाध्यक्ष बोहत गुरुङले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव ईन्द्र गुरुङले पनि आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अथिति बौद्धिक ब्यक्तित्व लेउटिनेन्ट (रिटायर्ड) थमनसिङ गुरुङ, बिशेष अथिति मेजर(रिटायर्ड) लछमीप्रसाद गुरुङ, संस्थापक अध्यक्ष नरजङ गुरुङ, अध्यक्ष अनररी लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ तथा चेलीबेटी प्रमुख राजकुमारी (रचेल) गुरुङले संयुक्त रुपमा दिप प्रज्वल्लन गर्दै कार्यक्रमको उद्घाटन गरेको थियो भने कार्यक्रमको शुरुवातमा नेपाली राष्ट्रिय गान पनि बजाएको थियो । साथै कोभीडको कारण मृत्यु हुनुभएको परिवारको सदस्यहरु र विश्वभर मृत्युबरण गर्नुभएका मनिसहरुको सम्झनामा र शोकमा एक मिनेट मौन धारण गरेको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष नरजङ गुरुङ, चेलीबेटी प्रमुख राजकुमारी (रचेल) गुरुङ, तमु धिं यूकेको संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं यूकेको भूपू अध्यक्ष ज्ञाम गुरुङ, संस्थापक संयोजक क्याप्टेन (रिटायर्ड) जीवन गुरुङले आदिले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा निबर्तमान अध्यक्ष अनररी लेउटिनेन्ट चन्द्रबहादुर गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने निबर्तमान कार्यसमिति, सल्लाहकरहरु र सम्पूर्ण क्वोने परिवार यूकेलाई धन्यवाद दिनुभएको थियो । त्यस्तै उहाँले क्वोने समाज यूकेलाई आफ्नो साथ र सहयोग सधैं रहिरहने प्रतिबद्धता गर्नुभयो र नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो । क्वोने (घोताने/घोण्डे) तमु समाज यूकेको तेस्रो अधिवेशनले समाजको विधान पनि संशोधन गरेको छ । विधान संसोधन समितिको संयोजक तमु धिं यूकेको भूपू अध्यक्ष ज्ञाम गुरुङ र सचिवमा बाबुकाजी (राम) गुरुङ तथा सदस्यमा क्याप्टेन जीवन गुरुङ हुनुहुन्थ्यो ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन आयुक्त बरिष्ठ सल्लाहकार हरि गोबिन्द गुरुङले शपथ खुवाउनु भएको थियो । कार्यक्रम खबर यूकेको संस्थापक सदस्य तथा यसै समाजको महासचिब ईन्द्र घोथानेले संचालन गर्नुभएको थियो । त्यस्तै प्रबिधीमा खबर यूकेको अर्का संस्थापक सदस्य तथा यसै समाजको सचिब टोउ गुरुङले सहयोग गरेको थियो ।






