कागजात फर्जरीमा संलग्नलाई एनसीसी युकेले सहयोग नगर्ने

SHARE:


” लण्डन — गैर आवासीय नेपाली संघका मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई राष्ट्रिय समन्वय परिषद् युकेले उनी सामाजिक संघ संस्थामा कार्य गर्न अयोग्य व्यक्ति भएको आसय सहितको पत्र पठाएको छ ।

सिम्खडाले आफु आइसीसीको सचिव पदमा उम्मेदवार हुन चाहेकाले सहयोग गरिदिन आग्रह गर्दै अध्यक्ष प्रेम गाहा मगरलाई एक पत्र लेखेका थिए । पत्रको जवाफमा संघको राष्ट्रिय समन्वय परिषद युकेले सिम्खडाले अवैध  रुपमा संघको लोगो र लेटरहेडको प्रयोग गरी गैरकानुनी लाभ लिएको खुल्न आएको औंल्याउदै सहयोगको आग्रहलाई अस्वीकार गरेको छ । “संस्थाका अति महत्वपूर्ण कागजातहरुको गलत प्रयोग गरी गैरकानुनी लाभ लिने कार्यमा संलग्न व्यक्तिहरु सामाजिक संघ संस्थाको कुनै जिम्मेवारीका लागि योग्य मानिने कि नमानिने भन्ने नैतिक प्रश्न भएकाले हामीले यहांको आग्रहलाई स्वीकार गर्न नसकेको जानकारी गराउन चाहन्छौं,” पत्रमा भनिएको छ ।

गैर आवासीय नेपाली संघ युकेमा नया नेतृत्व निर्वाचित भएर आए पछि सिम्खडा समेतको संलग्नतामा अनधिकृत रुपमा राष्ट्रिय समन्वय परिषद युकेको लेटरहेडको प्रयोग गरी आइसीसीलाई एक पत्र लेखिएको कुरा हालै मात्र जानकारीमा आएको थियो । कुनै पनि सामाजिक वा  व्यापारिक  संस्थाको लोगो र लेटरहेडको अनधिकृत प्रयोगलाई युकेमा गैर कानुनी तथा अपराधजन्य कार्य मानिन्छ ।

गैर आवासीय नेपाली संघ युकेले सिम्खडालाई लेखिएको पत्रमा भनिएको छ, “हालै मात्र यहांको समेत संलग्नतामा गैर आवासीय नेपाली संघ युकेको जानकारी विना, अनधिकृत रुपमा संघको लेटरहेड, लोगो आदिको दुरुपयोग गरी आईसीसीमा पत्राचार भएको कुरा खुल्न आएको छ । कुनै पनि संस्थाको लेटरहेड, संस्थाको लोगो आदि संस्थाको आधिकारिक  निकायको सुस्पष्ट अनुमति विना प्रयोग गर्नुलाई कुनै पनि अर्थमा स्वीकार्य कार्य मान्न सकिंदैन । यो कार्य स्पष्ट रुपमा फर्जरी वा कीर्तेजन्य वा गैरकानुनी कार्य हो । यस्तो गलत कार्यलाई सभ्य समाजमा हदैसम्म अनैतिक कार्य समेत मानिन्छ । ”

कागजातहरुको दुरुपयोग जस्तो अमर्यादित कार्यमा संलग्न भएको आरोप लागेका सिंखडा युकेमा विवादरहित  व्यक्ति होइनन् । एनसीसी युके लगायत गैर आवासीय  नेपाली संघमा विवादास्पदरुपमा संलग्न भै लाभ लिइरहने सिम्खडा यस पटक भने फन्दामा परेका छन् । एनसीसीले यसरी लेटरहेडको प्रयोग गरी नक्कली काम गर्ने उनी लगायतका ब्यात्तिहरुलाई यस अगाडी नै स्पष्टिकरण माग्दै पत्राचार गरेको थियो ।

पत्रको जवाफ नदिइएको सम्बन्धमा उल्लेख गर्दै एनसीसी युकेले भनेको छ, “लेटरहेडको दुरुपयोग भएको यस घटनालाई राष्ट्रिय समन्वय परिषद युकेले गम्भीर रुपमा लिएको र यस सम्बन्धमा यहालाई समयमै पत्राचार गरिएको थियो । तर पनि यसका सम्बन्धमा अहिलेसम्म तपाईबाट आफ्नो सफाईमा कुनै प्रतिकृया प्राप्त भएको छैन । अतः यहांले संस्थामा वा संस्थाको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्नु भन्दा पहिले लेटरहेडको दुरुपयोग जस्तो गलत कार्यमा यहांको संलग्नता सम्बन्धमा गैर आवासीय नेपाली संघ युकेको राष्ट्रिय समन्वय परिषदलाई चित्तबुझ्दो जवाफ पेश गर्नु हुन अनुरोध गरिन्छ । ”

स्मरण रहोस् लेटरहेडको गैर कानुनी प्रयोग केवल संगठनको आन्तरिक विषय मात्र होइन बेलायतको कानुनले वर्जित गरेको गैर कानुनी कार्य पनि हो । यस्तो कार्यमा संलग्न व्यक्तिहरु सामान्य तया सार्वजनिक जिम्मेवारीका लागि अयोग्य मानिन्छन् । गैर आवासीय नेपाली संघ युकेको एक श्रोतका अनुसार लेटरहेडको फर्जरी गर्नेहरुबाट समयमै उचित जवाफ नआएमा फर्जरी रोक्न स्थानीय कानुनको सहारा लिने तयारी भएको छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!