बेलायतका रक्षा मन्त्रालय र भूपू ब्रिटिस गोर्खाहरु बीच बैठक सम्पन्न

SHARE:

लन्डन । गोरखा भूतपूर्व सैनिकहरुको मागका बारेमा आगामी डिसेम्बरमा हुने वार्ताबारे बुधबार नेपाल-बेलायत तथा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुबीच छलफल भएको छ ।

नेपाली दूतावास लन्डनमा सेप्टेम्बर ८ तारिखका दिन त्रिपक्षीय बैठक बसेको हो । बैठकमा भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमतिअनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि सुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको कार्यविवरण एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

बैठकमा बेलायतका रक्षामन्त्री बेन वालेस र रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरू गोरखा संयुक्त सत्याग्रह संघर्ष समितिबाट प्रमुख संयोजक कृष्णबहादुर राई र जुद्धबहादुर गुरुङ, गोरखा भूतपूर्व सैनिक स‌ंघ (गेसो) का सभापति कृष्णकुमार राई, ब्रिटिस गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, नेपाल भूतपूर्व सैनिक स‌ंघ (नेसा) का सभापति केशबहादुर गुरुङ, गोरखा पेन्सन इनजस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबीजीएनका अध्यक्ष राम राई सहभागी थिए ।

यस्तै दूतावासका उपनियोग प्रमुख रोशन खनाल, आमरण अनशन बसेका गोरखाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले, सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार पनि बैठकमा उपस्थित थिए ।

प्रेस बिज्ञप्ति जस्ताको तस्तै।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!