सुइण्डनमा  नेपालीहरुको भलिबल खेल भव्यरुपमा सम्पन्न

SHARE:

 यहि सेप्टेम्बर एघार तारिख शनिबारको दिन महिला र पुरुष दुवै समुहको भलिबल खेल सुइण्डन स्थित  न्यु कलेजको खेल मैदानमा भब्य रुपमा सम्पन्न भएको छ।  गोर्खा नेपाली सोसाइटी सुइण्डनद्वारा  आयोजित  प्रथम नेपाली खुला भलिबल प्रतियोगितामा पुरुष तर्फ तेह्र र महिला तर्फ बाट सात गरि जम्मा  बिस वटा समुहले प्रतिस्पर्धा गरेको थियो।  लिग सिस्टम बाट सुरु भएर नकाउट चरणमा प्रवेश गरेको खेलमा एकै पटक ६ वटा कोर्टमा  खेल खेलाएको थियो।
बिहान दश  बजे देखि बेलुका सात बजे सम्म खेलेको उक्त खेलमा जम्मा गरि चौतिस  वटा खेलहरु खेलाएको थियो। सेमी फाइनलमा पुरुष तर्फ बाट पूल  ए समूह बाट मोना र ग्रीनवीच अनि पूल बि बाट अल्डर्सट ए र सुइण्डन ए को प्रतिस्पर्धा भएको थियो भने महिला तर्फ  बाट ग्रुप ए बाट सालिजा ए र सुइण्डन ग्रुप बि बाट मोना र विनचेस्टर बीच कडा प्रतिस्पर्धा भएको थियो। पुरुष बाट फाइनलमा अल्डर्सट ए  र मोना बीच प्रतिस्पर्धा भएको मा अल्डर्सटले मोनालाइ पराजित गरेको थियो भने महिला तर्फ सालिजा र विन्चेटर बीच भएको प्रतिस्पर्धामा विनचेस्टर ले सालिजालाइ पराजित गरेको थियो।
गैर आवासीय नेपाली संघ युकेको अध्यक्ष प्रेम गह मगरको प्रमुख अतिथि तथा बिशेष अतिथि सुइण्डन बरो काउन्सिलका उप मेआर अब्दूल अमिन  रहेको उक्त भलिबल खेलको लागि  विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए। विभिन्न सघ सस्था का पदाधिकारीहरु र अतिथिहरुलाई गोर्खा नेपाली सोसाइटी सुइण्डनका अध्यक्ष चन्द्र कला लिम्बुले खादा लगाएर स्वागत गर्नु भएको थियो।
गोर्खा नेपाली सोसाइटी सुइण्डनका उपाध्यक्ष तथा सो खेलका संयोजक मनु पाइजा र सोसाइटी का सल्लहाकार   तथा  उक्त खेलको  उपसंयोजकमा रुद्र पाइजा अनि  समाजका सबै पदाधिकारीहरुले बिहानै देखि अतिनै मेहनतको साथ खट्नु भएको थियो।  खेल खेल्नु भन्दा अगाडिनै गोर्खा नेपाली सोसाइटी सुइण्डनका संरक्षक धन राइले खेलको नियमहरुको बारेमा ब्रिफिंग गरेका थिए।  महासचिब लाल बहादुर लिम्बू ले संचालन गर्नु भएको उक्त भलिबल कार्क्रममा सचिब झलम राइले खेल तयारीको लागि आर्थिक सम्बन्धि काम गर्नु भएको थियो।
गङ्गा थापाले उक्त खेल तयारीको लागि  खट्नु भएको जति पनि सहयोगीहरु  लाइ खाजा र खानको  व्यवस्था समाजको तर्फ बाट गर्नु भएको थियो। संरक्षक शिब प्रसाद राइ, सल्लहाकारहरु लाल सुन्दर राइ, भिम महेन्द्र गुरुङले खेल सम्पन्न गर्नुको लागि बिशेष सहयोग गर्नु भएको थियो।  उक्त खेलको पुरुस्कार विभिन्न व्यक्तिहरुले प्रायोजन गर्नु भएको थियो। पुरुष  तर्फ बाट अल्डरसट ए बिशाल  थापा बेस्ट प्लेअर  र महिला तर्फ बाट विनचेस्टर कि मोनिका पुनलाइ  बेस्ट प्लेअरमा छानिएको थियो।
अन्तमा पुरुष खेलाडी बिजेता को  लागि १२०० पाउण्ड नगद, तक्मा, प्रमाण पत्र, र ट्रोफ़ि, दोस्रो हुनेलाई सात सय पाउण्ड नगद, तक्मा, प्रमाण पत्र तथा ट्रोफ़ि महिला  खेलाडी हरुको लागि बिजेताको लागि ५५० पाउण्ड नगद, तक्मा, प्रमाण पत्र र ट्रोफी,दोस्रो हुनेलाई ३५० नगद, तक्मा, प्रमाण पत्र, र ट्रोफी अतिथि प्रेम गह मगर, संयोजक, मनु पाइजा, गोर्खा समाज सुइण्डनक अध्यक्ष चन्द्रकला लिम्बुले दिनु भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!