
लन्डन असोज १ । किरात याक्थुङ चुम्लुङ यूकेको नयाँ नेतृत्वका लागि पाँच जनाले दाबी गरेका छन् ।
यही सेप्टेम्बर १८ र १९ तारिखमा हुने कियाचु यूकेको दसौं अधिवेशनमा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङलगायत ५ जनाले उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षको आकांक्षीमा उपाध्यक्ष नरवीर आङ्बो, उपाध्यक्ष दुर्गादेवी लिम्बु, पूर्वउपाध्यक्ष नर थाम्सुहाङ, पूर्व शाखा अध्यक्ष पूर्ण बखिम छन् ।
यस्तै ४ उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षको प्रतिस्पर्धा लागि अमृता पालुङ्वा, विजय लिङ्थेप, गणेश इजम, धनकुमार काम्बाङ, खगेन्द्र लावती, सन्तकुमार हुक्पा चोङ्बाङ्, यदुचन्द्र लावती र छत्र वनेम छन् ।
महासचिव पदका लागि विश्वासदीप तिगेला, जुरेन्द्र खजुम र दिल इकाराम चुनावी मैदानीमा छन् ।
त्यसैगरी सचिव पदमा इन्द्र थक्लुङ र ताराप्रसाद कङ्दङ्वा, सहसचिव पदमा सानु सुब्बा, राधा आङ्देम्बे र विमला लिम्बुले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा दिपेन्द्र याक्सो, सहकोषाध्यक्षमा जीवन प्यारा लिम्बु र नरप्रसाद लिम्बु सबेन्हीमले नाम दर्ता गरेका छन् ।
सबै उम्मेदवारहरुको नाम निर्वाचन मण्डलका सचिव नरप्रसाद थाम्सुहाङले सार्वजनिक गरेका छन् ।
निर्वाचन मिति भने सेप्टेम्बर १९ तारिख आइतबार बिहान १० बजेदेखि अपरान्ह ३ : ३० बजेसम्म अल्डरसटस्थित एम्पायर हलमा तोकिएको छ ।






