बेलायतले गर्यो अन्तर्राष्ट्रिय यात्रा नियममा पुनरावलोकन, नेपाल अझै रातो सूचीमा

SHARE:

लण्डन असोज २ ।

बेलायतले अन्तर्राष्ट्रिय यात्रा नियममा पुनरावलोकन गरेको छ।

जसअनुसार यसअघि कोभिडको संक्रमण दर हेरी हरियो, पहेँलो र रातो सूचीमा विभिन्न मुलुकलाई विभाजन गर्ने गरिएकोमा अब हरियो र पहेँलोलाई हटाइ रातो मात्र कायम गरिएको छ । साथै रातो सूचीबाहेकका मुलुकबाट बेलायत आउँदा दुवै डोज खोप लगाएकाहरुले अबदेखि पीसीआर टेष्ट गर्न पर्ने छैन ।

यो नियम अक्टोबर ४ देखि लागू हुने बताइएको छ । बेलायतका यातायात मन्त्री ग्रान्ट शापले नयाँ नियम नयाँ वर्षसम्म कायम रहने बताएका छन् ।सरकारले विभिन्न आठ वटा मुलुकलाई सेप्टेम्बर २२ बिहान ४ बजेदेखि रातो सूचीबाट हटाउने पनि निर्णय गरेको छ । जसमा बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्या रहेका छन् ।

दक्षिण एसियाका चारवटा देश रातो सूचीबाट हट्दा पनि नेपाल भने अझै रातो सूचीमा रहेको छ । भारत यसअघि नै रातो सूचीबाट हटिसकेको छ भने अब दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान मात्र रातो सूचीमा छन् । रातो सूचीमा परेका मुलुकहरुबाट बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएकाले मात्र बेलायत आउन पाउँछन् । उनीहरुले बेलायतमा आएपछि १० दिन होटल क्वारेन्टाइनमा बस्न पर्ने हुन्छ । सो वापतको शुल्क पनि चर्को छ ।

बेलायतले हरेक तीन सातामा अन्तर्राष्ट्रिय यात्राको नियम पुनरावलोकन गर्ने गरेको छ ।अब नेपाल रातो सूचीबाट हट्ने नहट्ने तीन साता पर्खेपछि मात्र थाहा हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!