बेलायतमा कोरोना संक्रमणबाट एक लाख ३५ हजार बढिको मृत्यु

SHARE:

लण्डन असोज ३ ।

बेलायतमा कोरोना संक्रमणका कारण एक लाख ३५ हजार बढिको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा थप १६४ जना कोरोना संक्रमितको मृत्यु भएसँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार १४७ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ । पछिल्लो महिनामा बेलायतमा कोरोनाका कारण मृत्यु हुने दर ४७ प्रतिशत बढेको अधिकारीहरुले बताएका छन् ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ३० हजार १४४ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ७४ लाख नाघेको छ । केहि समययता बेलायतमा दैनिक संक्रमितको संख्या ३० हजार भन्दा माथी रहँदै आएको छ । बेलायतमा हालसम्म ९ करोड २९ लाख भन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकेको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये ४ करोड ८५ लाख ४८ हजार भन्दा बढीले पहिलो डोज र ४ करोड ४३ लाख ५७ हजार बढीले खोपको दुवै डोज लगाइसकेका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ९३२ जना अस्पताल भर्ना भएका छन् । यसैगरी उपचारार्थ अस्पताल भर्ना भएकामध्ये ८ हजार ६८ जना अस्पताल बेडमा छन् भने एक हजार २० जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!