बिनेसाम युके पश्चिम शाखाको त्रैमासिक गोष्ठी सम्पन्न।

SHARE:


जयराम तामाङ

बेलायत- बिश्व नेपाली साहित्य महासंघ (बिनेसाम) युके पश्चिम शाखाको को त्रैमाशिक गोष्ठी जूम भर्चुअल मार्फत यहि सेप्टेम्बर १८ तारिखको दिन भब्य रुपमा सम्पन्न भएको छ। दुइवटा सेसनमा आयोजित कार्यक्रमको पहिलो सेसनमा बिनेसामा युके दक्षिण शाखाको अधक्ष्य बिजय हितानको अधक्ष्यतामा भएको थियो। दक्षिण र पश्चिम शाखाको सयुक्त आयोजनामा नोभेम्बर मा हुन गइ रहेको युद्ध साहित्य गोष्ठी कसरि गरिने , कसलाई निमन्त्रण गरिने , इत्यादिको बारेमा पहिलो सेसनमा छलफल गरिएको थियो।

बिनेसाम केन्द्रिय अधक्ष्य सुरेन्द्र लिम्बू को प्रमुख अतिथि तथा बिनेसाम पश्चिम शाखाको अध्यक्ष लाल सुन्दर राइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को दोस्रो सेसन पश्चिम शाखाकी सचिब शान्ति लिम्बुद्वारा संचालन गरिएको थियो। बिनेसाम केन्द्रिय महाचिब इज्राएलबाट सुनिता राइले ” म आफैलाई खोजि रहेकी छु” भन्ने शिर्षकको कविता शुरु गरेको भर्चुअल गोष्ठीमा विश्व भर बाट धेरै जनाको उपस्थिति रहेको थियो।

पश्चिम शाखाको उपाध्यक्ष भरत लोहोरुङ्ग राइले स्वागत मन्तब्य दिनु भएको थियो। कविता र मुक्तक भन्ने क्रममा मोहन राज म्यान्मार बाट “थोत्रिना लागेको कपडा” शिर्षकको कविता, अमित थेबेले ” हिउँदे झरी “, भारत को देल्ल्हीबाट डाक्टर नाज सिंहले ” शब्दको अपहरण “, थिर थापा ले ” झ ” को मुक्तक, जित छन्त्याल ले ४ वटा मुक्तक, सेमन्त राइले गजल, पश्चिम शाखाका सल्लहाकार दुत पून, नानु रानाले मुक्तक अनि औतारी साइलाले कविता, अध्यक्ष लाल सुन्दर राइले कविता बाचन गरेर कार्यक्रमलाइ रौनक बनाएको थियो। भरत लोरुङ राइले मुक्तक के हो, कसरि लेख्नु पर्छ, कहाँबाट आयो, भन्ने बारेमा जानकारी दिदै भूपी शेरचन को मुक्तक सुनाउनु भएको थियो। अमेरिकाबाट बिनेसाम केन्द्रिय उपाध्यक्ष डेञ्जोम साम्पाङ ले कार्यक्रमको प्रसंसा गर्दै केहि मन्तब्य दिएको थियो।

कार्यक्रम को अन्तमा प्रमुख अतिथिले कार्यक्रमको अतिनै राम्रो रहेको, महिलाहरुको एकदम धेरै सहभागिता रहेको भन्दै कार्यक्रमको लागि प्रसंसा अनि धन्यबाद दिनु भएको थियो। अन्तमा अध्यक्ष लाल सुन्दर राइले दक्षिण शाखा अध्यक्ष विजय हितान र वहाँका सम्पूर्ण टिम लगाएत प्रमुख अतिथि केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु, केन्द्रिय उपाध्यक्ष ड़ेंजोम साम्पाङ्ग, केन्द्रिय महासचिब सुनिता राइ लगायत उपस्थित सबैलाई धन्यवाद दिनु भएर कार्यक्रम बिसर्जन गर्नु भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!