
जयाराम तामाङ
बेलायत – सेप्टेम्बर १८ तारिख शनिबारको दिन नेपाली राजदुताबास बेलायतले सुइण्डनस्थित बुख्रस्ट कम्युनिटी सेन्टर (डॊम हल) मा सुइण्डनमा बसोबास गर्ने नेपालीहरुको लागि एक दिने घुम्ती शिबिर सेवा प्रदान गरेको छ। नेपाली असोसिएसन वेल्स्यरको आयोजनामा उक्त कार्यक्रम गरेको हो। धेरै नेपालीहरु कोरोना महामारीको कारण राजदुताबास लण्डनमा गएर आफ्नो राहदानी नवीकरण गर्नको लागि असुबिधा रहेकोले नेपाली असोसिएसन वेल्स्यरले बृद्ध भूपू नेपाली ब्रिटिश आर्मी लगायत सम्पूर्णा नेपालीहरुलाई सहज होस् भन्ने हेतुले सो कार्यक्रम आयोजना गरेको अधक्ष्य ज्ञान प्रसाद गुरुंगले बताए ।
जाँदा दुइ घण्टा फर्किदा दुइ घण्टा को यात्रा अनि खाजा पानीको पनि व्यवस्था गरेर जानु पर्ने भएकोले बरु नेपाली दुताबासको कर्मचारीहरुलाई बोलाएर गर्दा धेरै नेपालीहरुलाई अतिनै सहज भएको थियो। दुताबासले गैर आवासीय नेपाली कार्ड बनाउन चाहानेहरुलाई कार्ड पनि बनाइ दिएको थियो भने रहादनिमा क्यान्सिल्ड लेखेको छाप लाइ सच्च्याएर क्यान्सिल्ड विदाउट प्रेजुडिस भनेर लेखेको छाप लगाएर राहदानीको छाप सच्च्याएको थियो । बेलायतका लागि नेपाली राजदुत महामहिम लोक दर्सन रेग्मी आफू उपस्थित नभए पनि दुताबासका दोस्रो सेक्रेटरी राम बाबु , श्रीमती पुजन पाण्डे र बिनोद पाण्डे उपस्थित भएर घुम्ती शिबिर सेवा प्रदान गरेको थियो ।
बिहान नौ बजे देखि बेलुकाको पाँच बजेसम्म संचालन गरेको सो घुम्ती शिविरमा राहदानी नवीकरण, वारेस नाम, एनआरएन कार्ड गरि जम्मा ४४ जनालाई सेवा प्रदान गरेको थियो। लन्डन जान समस्या परिरहेको बेलामा आफ्नै ठाउँमा सेवा पाउँदा उपस्थित सबै जनाले धन्यबाद दिदै संस्थाको प्रसंसा गरेको थियो।






