बेलायतमा नेपालीहरुको स्वास्थ्य परीक्षण

SHARE:

लण्डन । सुविधा सम्पन्न मुलुक बेलायतमा बसेर पनि भाषाको समस्याका कारण अस्पतालमा डाक्टरहरुलाई आफ्नो स्वास्थ्य समस्याका बारेमा खुलेर बताउन नसकेका वृद्धवृद्धा नेपालीहरुलाई आइतबार ठूलो राहत मिल्यो । डाक्टर र नर्सहरुलाई नेपाली भाषामै आफ्नो समस्या सुनाउन पाउँदा उनीहरुमा बेग्लै खुसीको अनुभूति देखिन्थ्यो । आफ्नो स्वास्थ्य समस्याका बारेमा खुलस्त जानकारी गराउन पाउँदा उनीहरुलाई नेपालकै कुनै अस्पतालमा गए जस्तो महशुस भएको थियो ।

गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिले बेलायतमा आयोजना गरेको तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको अवसर पारेर सम्मेलनको अन्तिम दिन एनसीसी यूकेले अल्डरसटमा स्वास्थ्य शिविरको आयोजना ग-यो । बिहान साढे एघार बजेदेखि दिउसो चार बजेसम्म सञ्चालन गरिएको स्वास्थ्य परीक्षण र सल्लाह कार्यक्रममा झण्डै दुई सय जनाले सेवा लिएका थिए । एनसीसी यूकेको आग्रहमा नेप्लिज डक्टर्स एसोसिएसन यूके र नेप्लिज नर्सेज  एसोसिएसन यूकेका सदस्यहरुले स्वास्थ्य जाच गरेका थिए । नेपाली भाषामै आफ्नो समस्या बताउँदा र नेपाली भाषामै सल्लाह पाउँदा वृद्धवृद्धाहरुले चिकित्सक तथा नर्सहरुलाई धन्यवाद दिएका थिए ।

स्वास्थ्य परीक्षणमा रजिस्टर्ड डाक्टरहरु र नर्सहरु सहभागी भएकाले त्यहाँ गरिएका सिफारिस बेलायतका अस्पतालहरुले स्वीकार गर्ने अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए । ‘विश्व स्वास्थ्य सम्मेलनकै अवसर पारेर हामीले शिविर आयोजना गरेका हौं, अध्यक्ष गाहा मगरले भने ‘यसबाट खासगरी अंग्रेजी भाषा नजानेर आफ्नो समस्या बताउन नसक्ने वृद्धवृद्धा बुवाआमाहरुलाई सहयोग पुगेको छ। स्वास्थ्य शिविरमा सहभागी भएकाहरुलाई दिउसो  खाना खुवाएर पठाइएको गाहा मगरले जानकारी दिए । ‘यो हाम्रो वृद्ध बुवाआमा प्रतिको दायित्व र सम्मान दुवै हो’ उनले भने ।

गत अगष्ट पहिलो साता सम्पन्न एनसीसी यूकेको निर्वाचनबाट निर्वाचन समितिले आइतबार यो कार्यकालकै पहिलो ठूलो कार्यक्रम शुभकामना साँझ तथा च्यारिटी डिनरको आयोजना गरेको थियो । उक्त च्यारिटी कार्यक्रमबाट झन्डै २८,००० पौण्ड सहयोग जुटेको एनसीसी यूकेले जनाएको छ। च्यारिटी कार्यक्रमको संयोजन उपाध्यक्ष गोविन्द खरेलले गरेका थिए भने कार्यक्रम सफल पार्न सिङ्गै कार्यसमिति रातदिन नभनी खटेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!