गोरखा समस्या समाधान नभएसम्म राजदुत रेग्मीलाई फिर्ता नबोलाउन गेसोको माग

SHARE:

लण्डन असोज ८ ।

बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई गोरखा समस्याको समाधान नभएसम्म फिर्ता नगर्न भूतपूर्व गोरखा सैनिक स‌ंघ गेसोले माग गरेको छ ।

गेसोका सभापति कृष्णकुमार राईले आज एक विज्ञप्ति प्रकाशित गर्दै राजदुत रेग्मीको पहलमा गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच यही डिसेम्बर १४ का दिन वार्ता शुरु गर्ने मिति समेत तय भइसकेको अवस्थामा राजदुत रेग्मीलाई फिर्ता बोलाउने नेपाल सरकारको असोज ५ गतेको निर्णयले गोरखाहरुमा चिन्ता र अन्यौल पैदा गरेको बताएका छन् ।

उनले पीडित गोरखाहरुमा राजदुत रेग्मीलाई फिर्ता बोलाउने निर्णयले गोरखाहरुमा वार्ता हुनेका आशंका उत्पन्न गराएको उल्लेख गर्दै गोरखाहरुको समस्याबारे वार्ता चलुन्जेल रेग्मीलाई राजदुतमा निरन्तरता दिन माग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!