सहारा यूकेबाट नौलो घुम्ती नेपाललाई ७ लाख ५२ हजार सहयोग

SHARE:


लन्डन असोज ९ । सहारा युकेले पोखरा १७ स्थित नौलो घुम्ती नेपाललाई ७ लाख ५२ हजार सहयोग गरेको छ । सहारा युकेले आफ्नो सामाजिक अभियान अन्तर्गत नौलो घुम्तीलाई उक्त रकम हस्तान्तरण गरेको अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

लागूपदार्थ दुर्व्यशनविरुद्ध लामो समयदेखि पोखरामा स्थापित नौलो घुम्ती नेपालले दुर्व्यशनीहरुका लागि सुधार केन्द्र सञ्चालन सँगै उपचारसमेत गर्दै आइरहेको छ भने कम्युनिटी डेभलप्मेन्ट तथा एचआइभिविरुद्ध समेत काम गरिरहेको छ । सहारा युकेका सल्लाहाकार महेश गुरुङको नेतृत्वमा रहेको सहारा युकेको टोलीले रकम नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेललगायत संस्थाका निवर्तमान अध्यक्ष खड्ग बहादुर रानाभाट, संस्थापक अध्यक्ष प्रेम बहादुर श्रेष्ठ लगायत संस्थाका अन्य पदाधिकारीलाई शुक्रबार हस्तान्तरण गरेका छन् ।

सहारा युकेको टोली सहारा यूकेका सल्लाहाकार तथा गैर आवाशीय नेपाली संघ युकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, सल्लाहाकारहरु राम गुरुङ, भोज गुरुङ र लालकाजी गुरुङ समेत सो अवसरमा सहभागि रहेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै सहारा युकेका सल्लाहाकार महेश गुरुङले नौलो घुम्ती जस्तो संस्थालाई सहयोग गर्न पाउनु गौरवको विषय रहेको बताए । आफूले सहारा यूके र नौलो घुम्तीका विच पूलको काम गरेको बताउँदै यूकेमा रहेका नेपालीहरुका एक दर्जन संघ संस्थाहरु विच भाइचाराको सम्वन्ध रहेको बताउँदै यो सहयोग समेत उनीहरुको सक्रिय सहभागितामा सम्भव रहेको उनले उल्लेख गर्दै भने–“यि संस्थाहरु विचको हार्दिकता र एकता संधै रहिरहोस र नेपाली संस्थाहरु जो केही गर्न चाहन्छन उनीहरुका लागि सहयोग आइरहोस ।”

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष खड्ग बहादुर रानाभाटले सहारा युके संगको सम्वन्ध खेलकुदमा मात्रै नभई सामाजिक अभियानका लागि समेत महत्वपूर्ण रहेको बताउँदै नौलो घुम्ती नेपाललाई सहयोग गर्ने प्रति हार्दिक आभार व्यक्त गरे । उनले सहारा युकेबाट प्राप्त उक्त रकम नौलो घुम्ती नेपालले सुधार केन्द्रमा ‘साउना वाथ’को निर्माण गरिने जानकारी दिए ।

नौलो घुम्ती नेपालका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहारा पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’, नौलो घुम्तीका वरिष्ठ उपाध्यक्ष एवम् अग्रज पत्रकार वद्रीविनोद प्रतिक, महासचिव मंगल नेपाली, सहाराका संस्थापक अध्यक्ष बसन्त थकाली, पूर्वअध्यक्षहरु विक्रम थकाली र विरभद्र आचार्य, महसचिव रामजीप्रसाद अधिकारी, नौलो घुम्तीका सचिव मिना गुरुङ लगायतको सहभागिता रहेको थियो ।

सहारा युकेले नौलो घुम्ती नेपालको पोखरा १७ स्थित मुख्य भवन निर्माणका लागि सात वर्ष अघि ५ लाख ६८ हजार सहयोग गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!