प्रथम भीसी कुलबीर थापाको शालिकको अनावरण तथा गोर्खा मेमोरियल प्रोजेक्टको समुद्घाटन

SHARE:

बेलायत – प्रथम बिश्वयुद्धका योद्धा प्रथम भिक्टोरिया क्रस (भीसी) बिजेता कुलबीर थापाको शालिक तथा गोर्खा मेमोरियल प्रोजेक्टको अनावरण तथा समुद्घाटन आज बेलायतको अल्दर्शटस्थित प्रिन्सेस गार्डेनमा हुदैछ। भीसी कुलबीर थापाको शालिकको अनावरण तथा गोर्खा मेमोरियल प्रोजेक्टको समुद्घाटन बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी र भिसी कुलवीर थापाका नाति सूर्य थापाज्युले गर्दैहुनुहुन्छ ।

उक्त कार्यक्रममा ब्रिगेड उफ गोर्खासका पदाधिकारीहरु, स्थानीय काउन्सिलका पदाधिकारीहरु, बेलायतबासी नेपाली समुदायहरु लगायत बेलायती तथा नेपाली पत्रकारहरुको बाख्लो उपस्थिति रहेकोछ। गोर्खा मेमोरियल प्रोजेक्टको प्रमुख संयोजक मेजर खिम गौचनको संयोजकत्वमा सपन्न भएको हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!