गोर्खा सैनिक कुलवीर थापाको सालिक अनावरण

SHARE:


लन्डन असोज ९ । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भीसी) पाउने पहिलो गोरखा सैनिक कुलवीर थापाको सालिक अनावरण गरिएको छ ।

शनिबार एक समारोहबीच अल्डरसटको प्रिन्सेस गार्डेनमा भीसी थापाको सालिक अनावरण गरिएको हो । बिहान १०.४५ मा सुरु भएको कार्यक्रममा सालिकको अनावरण ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मनिकुमार राई एमबीई, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोकेर्टी, बेलायतका लागि नेपाली राजदूतावासबाट डिसीएम रोशन खनाल र सेनाका तर्फबाट लेप्टिनेन्ट जनरल इएन केभ सीबीले गरेका हुन् । अनावरणपूर्व बौद्ध परम्पराअनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले मन्त्र वाचन गरिएको थियो ।

बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदूतावासबाट डिसीएम खनाल, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोकेर्टी, रशमोर बरो काउन्सलका मेयर ब्रुस थोमस, मेयर बिष्णु गुरुङ, संघसंस्थाका अध्यक्षलगायत बेलायती सेनाका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । सालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको सालिकमा पुष्पगुच्छा चढाएका थिए ।

मूर्तिकार ऐमी गुडमेनको पनि उपस्थिति रहेको थियो । भीसी थापालगायत दिवंगत गोर्खा सैनिकहरुको संझनामा दुई मिनेट मौनधारण गरेपछि अतिथिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीको संयोजकमा भएको कार्यक्रम अति नै सफल भएको भन्दै डेपुटी लर्ड लेप्टिनेन्ट राईले समाजका अध्यक्ष रामधन राई, गोर्खा मेमोरियल प्रोजेक्टका अध्यक्ष मेजर खिमप्रसाद गौचन र कार्यसमितिका पदाधिकारीहरु र सम्पूर्ण डोनरहरुलाई धन्यवाद दिए । प्रोजेक्टका लागि १ लाख ८० हजार पाउन्ड उठेको र मूर्तिका लागिमात्र ७५ हजार पाउन्ड खर्च लागेको प्रोजेक्टका कोषाध्यक्ष टोप पालीले बताए ।

कार्यक्रममा प्रथम नौमती बाजा गुल्मीको प्रस्तुति रहेको थियो । पाहुना र सबै चन्दादाताहरुलाई ऐम्पाएर हलमा खाना पिउनेको बन्दोबस्त साथै सांस्कृतिक कार्यक्रम राखिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!