बेलायतमा नेपाली गीत लोकार्पण

SHARE:

लन्डन – पुर्ख्यौली घर लम्जुङ्ग, पस गाउँ, हाल बेलायत निवासी तमु संस्कृतिबित, बरिष्ठ साहित्यकार तथा समाजसेवी एकेन्द्र गुरुङद्वारा सम्पादित “बेलायतमा नेपाली गीत” को लोकार्पण हुने भएको छ। सन् २०२१ ओक्टुबर सनिवारको दिन बेलायतको समयानुसार दिउसो एक बजे जुमद्वारा लोकार्पण गरिने भएको छ। यस लोकार्पण कार्यक्रम गुरुङ साहित्य मंच नेपालको आयोजनामा आयोजित हुदै छ। लोकार्पण कार्यक्रमको लागि प्रमुख अतिथिमा बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र बिशेष अतिथिमा कबि एबं गीतकार दिनेश अधिकारीलाई निम्त्याइएको छ।

सन् २००८ मा बेलायत प्रवेश गरेका गीतकार गुरूङ अल्डरसटमा बसोबास गरेका एक सर्जक हुन् । उनी तमु (गुरूङ) चलचित्र निर्माता पनि हुन् । नेपालको लमजुङ जिल्ला घर भएका पूर्वप्रधानाध्यापक गुरूङका यसअघि ‘धर्तीमा जून’ गीति सङ्ग्रह र ‘मनको तरङ्ग’ लेख सङ्ग्रह गरेर दुई कृतिहरू प्रकाशित भइसकेका छन्। पूर्वप्रध्यानाध्यापक गुरुङ बेलायतमा चलायमान संस्थाहरु एनआरएन युके, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, तमुधी युकेमा सल्लाहकारको रुपमा चलायमान छन।

तमु संस्कृतिबित तथा साहित्यकार गुरुङले बेलायतबासी ८८ जना गीतकारहरुको गीतहरुलाई यस पुस्तकमा संग्रहित गरेका छन। प्रत्येक सर्जकहरूको संक्षिप्त परिचय पनि राखिएको छ ।भविष्यमा यस पुस्तक बेलायतबासी गीतकारहरुको एक दस्तावेज बन्ने छ। यस महान कार्यको लागि गीतकार गुरुङज्युलाई लालम ठोक्नु पर्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!