नेफिन युकेको पहिलो त्रैमासिक बैठक सम्पन्न

SHARE:

नेपाल आन्दिवासी जनजाती महासंघ (नेफिन) युकेको पहिलो त्रैमासिक बैठक सन् सनिवार ०२ सेप्टेम्बर २०२१ को दिन जुमद्वारा सम्पन्न भएको छ। सो बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ। जस्तै: बैठकले बेलायतस्थित नेपाली राजदुतावास लण्डनले संचालन गर्ने शहिद स्मृति दिवसको दिनमा नेपालका प्रथम शहिद लखन थापाको स्मृतिलाई निरन्तरता नदिएको बुझिएको हुदा नेपाली राजदुतावास लन्डनलाई फेरि पत्राचार गर्ने निर्णय भएको छ।

उक्त बैठकले बेलायतमा स्थापित जातीय संघ संस्थाहरु मध्ये केहि जातीय संस्थाहरु निष्कृय अबस्थामा रहेको हुँदा उहाँहरुलाई सक्रिय बनाउनको लागि एक कार्यदल गठन भएको छ। सो कार्यदलमा संस्थाका संस्थापक अध्यक्ष थर्क राना, निबर्तमान अध्यक्षहरु श्री लिम्बु, तिल छन्त्याल, सल्लाहकारहरु भक्त दुरा, एकेन्द्र गुरुङ, धर्म तामाङ र उपाध्यक्ष सरला राना चयन भएका छन । सो बैठकमा बिबिसी नेपाली सेवाले आदिबासी जनजातिहरुको तथा भुतपुर्ब गोर्खाहरुको जल्दोबल्दो मुद्दाहरुलाई प्रसारण गर्नेमा प्रथामिकता नदिएको महसुस भएको हुदा उक्त बिबिसी नेपाली सेवाको आधिकारिक ब्याक्ति तथा कार्यलयलाई पत्राचार गर्ने निर्णय भएको छ।

बैठकमा पुर्बकार्यसमिति र बर्तमान कार्यसमितिको बुझबुझारथ नभएको बुझिएको हुदा सकेसम्म चाँडो बुझबुझारथ गर्ने निर्णय भएको छ। सो बैठकमा एनआरएन युकेका अध्यक्ष प्रेम गाहा, समाजसेवीहरु दिल सिङ मेन्याङबो र नर हाङ राईलाई सल्लाहकारमा चयन गरेका छन।

बैठकको अध्यक्षता संस्थाको अध्यक्ष कर्मा पहाडी शेर्पाले गरेका थिए भने संस्थाका उपाध्यक्ष सरला रानाले स्वागत मन्तब्य दिएका थिए। संस्थाको सचिब बिमला कुमारी राइले संचालन गरेको बैठकमा संस्थाका संस्थापक, निबर्तमान अध्यक्षहरु लगायत सल्लाहकारहरुको उपस्थी रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!