
लन्डन – गोर्खा सन्तानद्वारा बेलायतमा पहिलो पल्ट खोलिएको ल फर्म (गोर्खा सोलिसीटर्स लिमीटेड) को औपचारीक उद्घाटन ३ अक्टोबर आईतबारको दिन सम्पन्न भएको छ । लण्डनको हन्स्लो शहरमा स्थापना गरिएको उक्त ल फर्मको कार्यालयको समुद्घाटन कार्यक्रमका प्रमूख अतिथी हन्स्लो बरो अफ लण्डनका मेयर श्री बिष्णु गुरुङले रीबन काटेर गर्नु भएको थियो ।
उद्घाटन कर्यक्रममा उपश्थित कानून ब्याबसायसंग सम्बन्धित सोलिसीटर्स र ब्यारीष्टर्सका साथै अन्य प्रोफेशनलहरु र बिभीन्न संघ संस्थाका नेता तथा प्रतिनिधीहरुलाई गोर्खा सोलिसीटर्स लिमीटेडका डाईरेक्टर तथा प्रिन्सिपल सोलिसीटर श्री उत्तर मान तिगेला लिम्बुले स्वागत गर्नु भएको थियो । स्वागत मन्तब्यकै क्रममा श्री तिगेलाले गोर्खा सोलिसीटर्स फर्म र उक्त फर्मले प्रदान गर्ने सेवाहरुका बारेमा संक्षिप्त चर्चा गर्नु हुन्दैे आफ्नो फर्ममा आबद्ध टिम मेम्बर हरुको परीचय गराउनु भयो ।
प्रमुूख अथिती मेयर श्री बिष्णु गुरुङले गोर्खा सोलिसीटर्स फर्मलाई बधाई दिनु हुंदै उक्त फर्मले नेपाली तथा गैह्र नेपालीहरुलाई गुणस्तरीय कानूनी सेवा प्रदान गर्न सफल हुन सकोस भनी शूभकामना दिनु भयो । यसरी नै गोर्खा मुद्घामा लामो अनुभव तथा प्रसिुद्घी कमाएका चचिृत ब्यारिष्टर राफेल जेसुरुम, ब्यारिष्टर देबेन्द्र श्रेष्ठ, सोलिसीटरहरु दिपक भट्टराई, बिपीन रेग्मी र अमर गुरुङले पनि आ-आफ्नो शूभकामना मन्तब्य राख्नु भएको थियो ।
ज्ञातब्य छ, गोर्खा सोलिसीटर्स लिमीटेडको कार्यालयको औपचारीक उद्घाटन भर्खर मात्र भएता पनि उक्त ल फर्मले गत मे महिना देखि ने आफ्नो कार्यालय स्थापना गरी कानूनी सेवा संचालन गर्दै आईरहेको थियो ।






