होम किरात सुनुवार
सचिव – BGNCCC युके
लन्डन – अक्टोबर ४ तारिख सोमवार सन २०२१ का दिन ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समिति युके (BGNCCC UK) ले एक भर्च्युयल जुम बैठकको आयोजना गरेको थियो।उक्त कार्यक्रममा निम्न बिषयहरू उपर छलफल,परामर्श र केहि निर्नयको साथै भावी मार्गदर्शन बनेको छ।
१. बंशजको नेपाली नागरिकता/ निरन्तरता बारे सटिक ब्याख्या/बिबरण
२. नागरिकताको सवालमा राजनीति पार्टीहरु र ने ताहरुको बिचार साथै
सर्वदलीय संसदीय समिति गठन ।
३. ब्रि गो ने ना नि अभियान समितिले नेपालको लागि कोभिड-१९ राहत संकलन अभियान बाट संकलित रकम राजदूताबास मार्फत स्वास्थ्य मन्त्रालय लाई हश्तान्तरण ।
उक्त बैठक सभाको सभापतित्व अभियान समिति युकेका संयोजक श्री थर्क राना ज्युले गर्नुभएको थियो।नेपाल सरकारको स्वास्थ्य राज्य मन्त्री माननीय श्री उमेश श्रेष्ठ ज्यूको प्रमुख अतिथ्यमा अन्य बिशेष अतिथि ज्युहरूमा क्रमश माननीय श्री शेर बहादुर तामाड० पूर्व कानुनमंत्री तथा स्थायी समिति सदस्य ने क पा एमाले,माननीय श्री राजेन्द्र प्रसाद श्रेष्ठ ज्यू पुर्ब मन्त्री तथा कार्यकारिणी सदस्य बरिष्ठ नेता जनता समाजबादी पार्टी नेपाल,बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली सर्बोच्च अदालत तथा अभियान समितिका कानुनी सल्लाहाकार, माननीय श्री सुदन किराती नेकपा माओबादी केन्द्र को उपस्थिती रहेको थियो।
आमन्त्रित बिशेष अतिथि ज्युहरू माननीय मीन बहादुर बिश्वकर्मा पुर्ब बाणिज्यमन्त्री तथा नेपाली कांग्रेस प्रमुख सचेतक,माननीय श्री यज्ञराज सुनुवार नेकपा एकीकृत समाजबाद,सभासद तथा पूर्व माननीय जयन्ती राई,महामहिम श्री लोकदर्शन रेग्मी बेलायतको लागि नेपाली राजदूत तथा नेपाली राजदुताबासका उपनियोग प्रमुख श्री रोसन खनाल ज्यू को उपस्थितीको टुंगो भएको भए तापनि कारणबस उपस्थित हुन सक्नु भएन।
बिभिन्न संघसस्थाका अध्यक्ष प्रतिनिधि लगायत भु पू कल्याणकारी समिति नेपालका उपाध्यक्ष तथा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका प्रबक्ता क्याप्टेन रिटायर्ड हिमालध्वज राई ज्युको समेत उपस्थिती रहेको थियो।
आसनग्रहणको क्रम लगत्तै कार्यक्रम सन्चालक तथा नागरिकता निरन्तरता अभियान समितिका सचिव होम किरात सुनुवारले देहान्त भएका अग्रजहरू साथै अहिलेको कोभिड प्रकोपको कारण ज्यान गुमाऊनु परेकाहरु र भी सी राम बहादुर लिम्बु ज्युको सुपुत्र क्या रि भक्त बहादुर लिम्बुको अन्त्येष्टि पनि आज नै भएको हुदा वहाँहरू सबैको नाममा १ मिनेट मौन धारण स्मरण सम्मान संगै कार्यक्रम अगाडी बढाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि,बिशेष अतिथिहरू, अतिथिहरू र सम्पूर्ण उपस्थित महानुभावहरू लाई स्वागत गर्दै युके/ नेपाल संयोजक श्री सन्तोष थलड०ज्युले ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियान समितिको परिचय र अभियान बारे जानकारी गराऊदै स्वागत मन्तब्य प्रस्तुत गरेका थिए।त्यसैगरी बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली ज्युले गोर्खाज र तिनका परिवारहरूका बंशजको नागरिकताको सवालमा कानुनी अधिकार,कारण,सुझाव र अन्य बिकसित मुलुक हरूका उदाहरणहरू सहित वहाँको प्रस्तुति भएको थियो।
बक्ताकै पालोमा बिशेष अतिथि माननीय श्री राजेन्द्र प्रसाद श्रेष्ठ पुर्ब मन्त्री तथा बरिष्ठ नेता जनता समाजबादी पार्टी ले गोरखाली ले देशको सार्वभौमिकता जोगाऊनको साथसाथै बिदेशमा आर्जित पुँजी र प्राविधिक लाई देशमा सहि सदुपयोग गर्न गराऊन राज्यले उनिहरुलाई उचित वातावरण श्रृजना गरिदिनु पर्दछ र उनिहरूको नागरिकता सुनिश्चितको लागि प्रस्ताव सहित महत्वपूर्ण बक्तब्य राख्नु भयो।
प्रमुख अतिथि- स्वास्थ्य राज्य मन्त्री माननीय उमेश श्रेष्ठ ज्युले राज्यमा परेको कोभिडको अषरको तथ्यांक,आवस्यकता र स्थिति बारे जानकारी गराऊदै कोभिड-१९ को राहत रिलिफ संकलित रकम निकासा बारे दुताबास मार्फत गर्ने गराऊने निर्देश र जानकारी निकट भविष्यमा गरिने प्रतिबद्धता समेत जनाऊनु भयो साथै नागरिकताको समस्या राज्यले अवस्य पनि हल गर्नुपर्दछ र जस्को लागि सर्वदलीय समिति गठन गर्न जरुरी र जस्को लागि साथसहयोग समेत दिने उदघोष गर्नु भयो।
बिशेष अतिथि माननीय श्री सुदन किराती नेकपा माओवादी केन्द्र ज्युले जुमको च्याटबक्समा मेसेज लेख्नु भएको थियो जस्मा लेखिएको जस्ताको तस्तै “मेरो ब्यट्री सकिएको कारण बैठकमा बस्न सकिन धेरै दुखी छु।म बाटोमा छु।निर्णयहरू महलमा पाऊँ।यतिबेला यहाँ पानी परिरहेको छ।
१. भुपू गोर्खाको सन्तानले बंशजको नागरिकता पाऊनु पर्छ।
२. संसदीय बोर्ड गठन गर्ने कुरा जायज छ।
३. आफ्नो मातृभूमि लाई सम्झेर सहयोग संकलन गरि माननीय स्वास्थ्य राज्य मन्त्री ज्यु लाई हस्तान्तरण गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु।
४. यो गोर्खाको मात्र सवाल होईन यो त नेपाल राष्ट्रको समस्या हो।
५. ब्रिटिश गोर्खालाई NRN संग तुलना गर्नु मिल्दैन।धन्यवाद”
बक्ताकै क्रममा बिशेष अतिथि माननीय श्री शेर बहादुर तामाड० पूर्व कानुनमंत्री तथा स्थायी समिति सदस्य नेकपा एमाले ले ब्रिटिश गोरखा को नागरिकता को सवालमा प्रमुख दलहरूले प्राथमिकता को साथ निस्कर्षमा पुरयाऊन समाधान गर्न सबैको कर्तब्य हो र एक समिति गठन गर्न जरुरी छ, पार्टी र ब्यक्तिगत तर्फबाट साथसहयोगको निमित प्रतिबद्धता जनाऊनु भयो।
सर्वदलीय संवैधानिक समिति गठनको निमित उपस्थित नेतागण र अन्य महानुभाव हरूको सल्लाहा परामर्श बाट अध्यक्ष मा माननीय शेर बहादुर तामाड० र सदस्यहरू मा क्रमश माननीय सुदन किराती र माननीय यज्ञराज सुनुवार चयन गरिएको छ बाँकी सदस्य पदाधिकारीहरू अन्य नेतागण पार्टी र बरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र नागरिकता निरन्तरता अभियान समिति सल्लाहा गरेर पूर्णता बनाऊने निर्नय गरिएको छ।
अन्य केही बक्ताहरूको बक्तब्य पश्चात अन्त्यमा धन्यवाद र आफ्नो मन्तब्य सहित सभाध्यक्षबाट भर्च्युयल बैठक अन्त्य गरिएको घोषणा घोषित भएको थियो।






