बेलायतका लागि नेपाली राजदुत रेग्मीलाई निरन्तरता दिन गेसोको माग

SHARE:

लण्डन असोज १९

बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई निरन्तरता दिन गोरखा भूतपूर्व सैनिक संघ गेसोले परराष्ट्र मन्त्रालयसंग माग गरेको छ ।गेसोका उपसभापति जितबहादुर राईले नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रालयमा एक ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।

पूर्ववर्ती सरकारको पालामा राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच वार्ता गराउन केन्द्रमा रहेका बेलायतका लागि नेपाली राजदूत रेग्मी पनि फिर्ता हुने भएकाले आफूहरु अन्यौल र चिन्तामा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

राजदूत रेग्मीको सक्रियतामा बेलायतका रक्षा मन्त्री र रक्षा राज्यमन्त्री नेपाली दूतावास लण्डनमा गई नेपाल र बेलायत सरकारबीच हुने वार्ताको पूर्व तयारी समेत भइसकेको ज्ञापन पत्रमा बताइएको छ । वार्ताको केन्द्रमा रहेका राजदुत रेग्मीलाई फिर्ता बोलाउँदा गोरखाहरुको दुई शताब्दीभन्दा लामो समस्या समाधानमा महत्त्वपूर्ण असर पर्ने भन्दै गेसोले गोरखाहरुको समस्यालाई समाधान नभइन्जेल राजदूत रेग्मीलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

यदि रेग्मीलाई निरन्तरता दिन नसकिने अवस्थामा अन्य कसैलाई चाँडोभन्दा चाँडो नियुक्ति गरेर २०५ वर्षदेखिको गोरखा समस्या सदाको लागि अन्त्य गरि दिन पनि परराष्ट्र मन्त्रीलाई गेसोले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!