एनआरएनए युकेको फेसबुक पेज ह्याकरलाई संघले कारवाही गर्ने

SHARE:

लन्डन – गैर आवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले गैर आवासीय नेपाली संघ युकेको फेसबुक पेज ह्याक गरी आफ्नो प्रचार सामग्री पोष्ट गराएका छन् । शर्माले आफ्ना भाई चिरन शर्माको नेपाल ब्रिटेन डट कम मार्फत एनआरएनए युकेको आधिकारिक फेसबुक पेज ह्याक गरी उक्त सामग्री पोष्ट गराएका हुन । गैर आवासीय नेपाली संघ युकेले एक विज्ञप्ति प्रकाशित गर्दै फेसबुक पेज ह्याक हुनु दुखद र निन्दनीय कार्य भएको जनाएको छ ।

मंगलबार एनआरएनएका उपाध्यक्ष बद्रि केसीले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । चिरन शर्माले उक्त कार्यक्रम एनआरएनए यूकेको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण (लाइभ) गरेको पाइएको छ । शर्मा एनसीसी यूकेका पन्जीकृत सदस्य हुन् तर उनलाई एनसीसीको पेज सञ्चालन गर्ने अधिकार छैन । एनसीसी अध्यक्ष वा अधिकारप्राप्त कुनै पनि पदाधिकारीलाई जानकारी नदिई चिरन शर्माले पेज नै ह्याक गरेर केसीको कार्यक्रम प्रसारण गरेको एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए । ‘अनधिकृत व्यक्तिले अनधिकृत रुपमा (ह्याक गरेर) संस्थाको पेजमा सामग्री प्रसारण गरेको पाइयो,’ गाहा मगरले भने । यसरी अर्काको फेसबुक ह्याक गर्नु युकेमा क्राइम मानिन्छ ।

गाहा मगरका अनुसार एनआरएनए एनसीसी यूकेको पेजबाट अनधिकृत रुपमा सामग्री प्रसारण भएपछि सूचना प्रविधिका जानकार इन्जिनियरहरुले अध्ययन गरिसकेका छन् । अध्ययनबाट शर्माले आफू एड्मिन रहेको नेपाल ब्रिटेन डटकमबाट एनसीसीको पेजमा सामग्री अनधिकृत रुपमा प्रसारण गरेको देखिएको छ ।

एनसीसी यूकेको गत अगष्ट पहिलो साता भएको निर्वाचनबाट गाहा मगरको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो । बद्रि केसीको टिमले केन्द्रको एमआईएस सिस्टमको पुरै दुरुपयोग गरेर अनि आफु अनुकूलको निर्वाचन समिति बनाएर धाँधली गर्दा समेत हेमराज शर्मा समर्थित उम्मेदवार भन्दा झन्डै दोब्बर मतले गाहा मगर र उनको टिम विजयी बनेका थिए । केन्द्रीय महासचिव शर्मा माथि विभिन्न एनसीसीहरुमा भएको चुनावमा सिस्टमको पुरै दुरुपयोग गरेको आरोप लागेको छ । केही साता अगाडी मनोनित आइसीसी सदस्य रामशरण सिम्खडा लगायतले एनआरएनए युकेको लेटरहेड दुरुपयोग गरि अनधिकृत रुपमा डेलिगेट्सको नामावली केन्द्रमा पठाएका थिए ।

यस अगाडी एनसीसीको कार्यसमितीलाई केवल डमी बनाउंदै एनआरएनए युकेका नाममा आफै फेसबुक, इमेल लगायत जथाभावी प्रयोग गर्ने बानी परेको यो समूह गाहा मगरको नेतृत्वको टिम निर्वाचित भएर यस्तो हालिमुहाली नचल्ने भएपछि लगभग मुर्छित भएको छ ।

‘एनआरएनए युकेको फेसबुक पेज विशुद्ध रुपमा संस्थाको पेज हो,’ अध्यक्ष गाहा मगरले भने, ‘यसको यस प्रकारको दुरुपयोग अक्षम्य अपराध हो। यसको उचित उपचार हुने नै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!