बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएकोमा एनआरएनए युकेद्वारा स्वागत

SHARE:

बेलायत – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत कोभिड १९ को  कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यवहारिक मापदण्ड हटाएकोमा स्वागत गर्दछ । एनआरएनए युकेले गत १५ सेप्टेम्बरमा संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायत सरकार यातायात मन्त्री ग्र्याण्ट श्याप्सलाई पत्राचार गरेकोमा ढिलै भएपनि कार्यान्वयन भएकोमा धन्यवाद दिन चाहन्छौं । बेलायत सरकारले आगामी सोमबार बिहान चार बजेबाट लागू हुने गरि नेपाललाई बेलायत सरकारको रेड लिस्टबाट हटाउने निर्णय गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले दुबै  देशका सरकारलाई छुट्टाछुट्टै पत्र लेखी रेड लिस्टका कारण नेपाल र बेलायतबीचको यात्रामा भोगिरहेको असहज परिस्थितिका बारेमा जानकारी गराएका थिए ।

नेपालमा कोरोना संक्रमण दर निरन्तर घटिरहेकोले रेड लिस्टबाट हटाउने निर्णय प्रशंसनीय भएको एनआरएनए युकेको ठहर छ । हिन्दुहरुको महान चाड बडादशैंको बेलामा नेपाललाई रेड लिस्टमा राख्दा पारिवारिक भेटघाटमा ठुलो असर परेको थियो । गोर्खा सैनिक, तिनका परिवार सहित करिव डेढ लाखको हाराहारीमा रहेका नेपालीहरुलाई ब्रिटिश सरकारको निर्णयले सोमबारदेखि यात्रालाई सहज बनाएको छ । नेपालबाट आउनेलाई ११ दिनसम्म महंगो होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाउन पहल गर्नु हुने विभिन्न संघ सस्था, लण्डनस्थित राजदूतावास र नेपाल सरकारलाई एनआरएनए युके विशेष धन्यवाद दिन चाहन्छ । बेलायत र नेपालबीच आवागमनको नियम सहज भए लगत्तै बेलायतमा रहेका हजारौं नेपाली नेपाल जाने र चाडपर्व मनाएर बेलायत फर्कन सक्नेछन् ।

यस अघि  एनआरएनए उपाध्यक्ष मोहन कार्कीले नेपाल सरकारका कानुन मन्त्री ज्ञानेन्द्र कार्की तथा गृहमन्त्री बालकृष्ण खाँड समक्ष बेलायतको रेड लिस्टबाट नेपाललाई हटाई सहज आवागमनका लागि कूटनीतिक पहलका लागि अनुरोधसहित ज्ञापन पत्र बुझाएका थिए । एनआरएनए युकेको आग्रहमा नेपाललाई बेलायत सरकारको रेड लिस्टबाट हटाउन इ-पिटिसनद्वारा अभियान चलाइएको थियो ।

गैर आबशीय नेपाली संघ युकेद्वारा सन् ०८ सेप्टेम्बर २०२१ मा जारी गरिएको प्रेस बिज्ञप्ति जस्तको तस्तै।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!