एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल बेलायतमा

SHARE:


लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) संयुक्त राज्य अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेल बेलायत भ्रमणको सिलसिलामा लण्डन आइपुगेका छन् । डा. पौडेलको स्वागतमा एनआरएनए यूकेका बरिष्ठ सदस्यहरु आज बिहान हिथ्रो बिमानस्थल पुगेका थिए ।पूर्व अध्यक्ष डा. केशव पौडेल एनआरएनएको अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) को आगामी चुनावमा महासचिव पदका प्रत्यासी समेत रहेका छन् ।

एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनार, महासचिव खुशी लिम्बु, पूर्व महासचिव राजकुमार त्रिपाठी, पूर्व उपाध्यक्ष थर्क सेन, कार्यकारिणी सदस्य सपना खनिया (इन्दिरा), नेपाली शेफ एशोसियन यूकेका अध्यक्ष दधी आचार्य र लण्डन नेपाल न्युज डट कमका सम्पादक शिव भण्डारीले डा. पौडेललाई खदा लगाइदिएर स्वागत गरे ।

डा. केशव पौडेल आज शनिवार अल्डरशटको शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरमा हुने प्राण प्रतिष्ठानमा सहभागी हुने कार्यक्रम छ भने आज साँझ लण्डनको ह्याम्मरस्मिथमा हुने बेलायती नागरिक समाजद्धारा आयोजित एक विशेष कार्यक्रममा समेत भाग लिने एनआरएनए यूकेका पूर्व महासचिव आरके त्रिपाठीले नेपाल मामिलालाई जानकारी दिए ।त्यस्तै डा. पौडेल आइतबार १० अक्टोबरमा हुने एनआरएनए यूकेको कार्यालय समुदघाटन कार्यक्रममा पनि अतिथिको रुपमा उपस्थित हुने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले जनाए ।

एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष पौडेल सोमबार अमेरिका फर्किने योजना छ । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!