युद्ध साहित्य गोष्ठीको पूर्व तयारि बैठक सम्पन्न

SHARE:

जयाराम तामाङ

लन्डन – नोभेम्बर  १३ र १४ मा हुन गैरहेको युद्ध साहित्य गोष्ठीको पूर्व तयारी बैठक यहि अक्टोबर ९ तारिख को दिन भर्चुअल जुम मार्फत विश्वनेपाली साहित्य महासंघ युके पश्चिम शाखा र दक्षिण युके शाखा को सयुक्त बैठक सम्पन्न भएको छ।  दुवै शाखाको अध्यक्ष्यहरु विजयहितान र लाल सुन्दर राइको साथमा भरत लोहोरुंग राइ , नानु राना , गोमा राना , औतारी साइला र जय तामांगको   उपस्थिति रहेकोथियो।   आफु आफुले जिम्मेवारी लिएको कामहरुको बारेमा छलफल गर्दै भिसी शेर बहादुर थापाको नाति तथा बेल्जीयम को लागि पुर्बराजदुत लोकबहादुर थापालाई पहिलो दिनको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने निर्णय बैठक गरेको छ। यो भन्दा अघिनै विनेसाम केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्वूलाइ दोस्रो दिनको लागि प्रमुख अतिथि वनाउने निर्यण गरिसकिएको थियो । त्यसै गरि युद्द साहित्यकारद्वय नरेश काम्वांग  र विक्रमविर थापालाइ प्रमुख वक्ताको रूपमा निमन्त्रणा गर्ने पनि पहिलो वैठकमै निर्णय गरिसकिएको छ ।

 बेलायतमा मनाइने रिमेम्बर्स डे अर्थात पप्पी डे दिवसलाई पारेर गर्न गैरहेको युद्ध साहित्य गोष्ठीमा  उपस्थित हुने सम्पूर्ण अतिथिहरुलाई जिम्मेवारी लिएको व्यक्तिहरुले पत्रचार गरिने भएकोछ ।  विश्वका विभिन्न लडाइहरुमा नेपालिहरुले आफ्नो ज्यानको बलिदान दिएर नेपालको नामलाइ विश्वमा उच्च पार्दै गोर्खाजको नामले चिनाएको  दिनहरुलाई सम्झदै एक महिनाको लागि अक्टोबर ११ तारिख देखिनो भेम्बर ११ तारिख सम्म  “गोर्खा हिस्ट्री मन्थ ” को रुपमा मनाउने निर्णय पनि  बैठक ले गरेको छ।१ महिने गोर्खा हिस्ट्री मन्थ भित्र- युद्दमा वितेका आफ्ना पितापुर्खा र आफन्तजनलाई स्मरण गर्दै आफ्नो फेसबुकमा वॅाहाको फोटो टॅासेर स्टाटस लेखि पोस्ट गर्ने, युद्ध/पल्टन/लाहुरेका वारेमा संस्मरण/निवन्ध/कथा/कविता लेखेर मिडियामा प्रकाशित गर्ने, गोर्खा साहत्यकार/इतिहॅासकारलाइ रेडियो/टेलिभजन/जुममा ल्याएर विमर्श कार्य गर्ने र गराउन लगाउने बारे पनि सबैको सहमत रह्यो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!