नेपाली यसोसियसन वेल्स्यरको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न

SHARE:


जयराम तामाङ

बेलायत – सुइण्डनको पश्चिम क्षेत्रमा यही अक्टोबर १६ तारिख शनिबारको दिन नेपाली यसोसियसन विल्सायर को आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। पूर्व कानून मन्त्रि तथा हाल सांसद रोबर्ट बक्ल्यांडको साथमा पश्चिम सुइण्डन क्षेत्रका पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेश गट्टापुर , र पश्चिम सुइण्डन रमालेज क्षेत्रकी पेरिस काउन्सिलर नन्दनी सिङ्ग स्थानिय बेलायती नागरिकहरु को सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली असोसिएसन वेल्स्यर का अध्यक्ष ज्ञान प्रसाद गुरुङ , महासचिब भवानी गरुङ दिवाली रेस्टुरेण्टका डाइरेक्टर दिपेन्द्र गुरुङ लगायत नेपाली युथहरुको साथमा अरु धेरै नेपालीहरुको पनि सहभागिता रहेको थियो।

सडक छेउछाउ , चौर र बालबच्चाहरुलाइ मनोरन्जनको लागि बनाएको विभिन्न पार्कहरुमा सधै सफा राख्नु सबैको दायित्व हो भन्दै नेपाली असोसिएसन वेल्स्यरले सो कार्यक्रम आयोजना गरेको हो। भर्खर मन्त्रीको हत्या भएको छ। पदमा बसेर काम गर्न कतिको सजिलो अनि जोखिमपूर्ण छ ? डर लागेको छ कि छैन ? भन्ने प्रश्नमा सांसद श्री बक्ल्याण्ड्ले मैले धेरै काम गरेर जनतालाई देखाउनु छ , काम गर्नु गाह्रो र जोखिम पनि छ भनेर बताएक थिए । तैपनि मलाइ डर लागेको छैन भन्नु भएको थियो। सुइण्डनमा युनिभर्सिटी किन छैन भन्ने प्रश्नमा अब सुइण्डन्मा छिट्टै युनिभर्सिटी आउदै छ भन्नु भएको थियो। वातावारण तथा हाम्रो वरपर सधै सफा हुनु पर्छ हामीले नगरे कसले गर्ने भनेर पूर्व कानून मन्त्रि तथा हाल सांसद रोबर्ट बक्ल्यांड आफै पनि कालो ब्याग अनि हातमा चिम्टा बोकेर फोहोर उठाउन खटेका थिए। उक्त सरसफाइको कार्यक्रम लाइ दिवाली रेस्टुरेण्टले प्रायोजन गर्नु भएको थियो । नेपाली यसोसयसन विल्सायरले अहिले सम्म ५ पटक यसै गरि विभिन्न क्षेत्रमा सरसफाई गरि सकेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!