
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अल्डरसटस्थित गुम्बामा ३ दिने गण चक्र (छोकभुम) पूजा सम्पन्न भएको छ । गत १६ अक्टोबर देखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो ।
बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका विश्वभर छरिएर रहेका अनुयायी एवं शुचचिन्तक तथा भक्तजनहरुले उहाँको सुस्वास्थ्य, दिर्घायू साथै धार्मिक लिला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ गणचक्र (छोकभुम) पुजा गरिएको हो ।
गुम्बाका लामा गुरु खेन्पो कुन्ख्यापले शुरुवात गरेको उक्त पुजामा रिन्पोछे शेरब, लामा रिग्जीन, आनी आदी, गुम्बाका पुजा संयोजक आइबहादुर गुरुङ र सानु लामाले पुजापाठमा साथ दिएका थिए ।
सो पुजा समापनमा क्रममा पूजा संयोजक एवं बिसीसी युकेका कोषाध्यक्ष मेजर हित मान गुरुङले पूजा सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका खेन्पो गुरुङ लगायत लामा गुरुहरु, कार्यसमितिका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज, भक्तजन, गुम्बा स्टाफ, बिशेष गरी आमाहरु लगायत सबैलाई हृदय देखिनै धन्यवाद दिए । त्यस्तै, संस्थापक अध्यक्ष काजी शेर्पाले सो पुजाको महत्व बारे जानकारी गराउँदै पुजा सम्पन्नका लागि बिशेष भूमिका निभाएका झोङसार खेन्चे रिन्पोछेका अनुयायी रिन्पोछे शेरब, आनी आदी, खेन्पो कुन्ख्याप लगायत सबैमा धन्यवाद ज्ञापन गरे ।
संयोजकत्वमा सम्पन्न भएको सो ३ दिने पुजा सम्पन्न गर्नका लागि बिसीसी युकेका अध्यक्ष, आमा समुहका अध्यक्ष उर्मिला गुरुङ, उपाध्यक्ष आङ्ग दावा शेर्पा, महासचिव क्याप्टेन देब घले, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, ट्रष्टीज कमल गुरुङलगायत सल्लाहकार, ट्रष्टीज एवं आमाहरुले महत्वपूर्ण भूमिका निभाएका थिए ।






