फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

SHARE:

काठमाडौं कात्तिक ४ ।

 

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले आज बिहीवार जारी गरेको वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ६९ औँ स्थानमा रहेको छ । यसअघि गएको भदौ ३१ गतेको वरीयतामा नेपाल एक सय ६८ औँ स्थानमा रहेको थियो । भर्खरै माल्दिभ्समा भएको साफ च्याम्पियनशिपको उपविजेता बनेको नेपालको वरीयता घटेको हो ।

साफमा विजेता बनेको भारत दक्षिण एसियामा पहिलो नम्बरमै छ । विश्वव्यापी वरीयतामा भारत नेपालभन्दा अघि १ सय ६ औँ स्थानमा छ । त्यस्तै माल्दिभ्स एक सय ५६ औँ स्थानमा छ । नेपालभन्दा तल रहेको भुटान एक सय ८६ औँ, बङ्गलादेश एक सय ८७ औँ, पाकिस्तान एक सय ९७ औँ र श्रीलङ्का दुई सय ४ औँ स्थानमा छ ।

यस्तै फिफाको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा रहँदा ब्राजिल दोस्रो, फ्रान्स तेस्रो र इटली चौथो र इङ्गल्यान्ड पाँचौँ स्थानमा रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!