बेलायतमा सातौं स्वसंवाद कार्यक्रम हुँदै

SHARE:

लन्डन कात्तिक ५।

बेलायतमा सातौं स्वसंवाद कार्यक्रम हुँदैछ ।

जीवन विज्ञान यूकेको आयोजनामा यही २३३१ अक्टोबरसम्म कार्यक्रम हुन लागेको अभियन्ता सुधा गुरुङले जानकारी दिइन् । उनका अनुसार स्वसंवाद कार्यक्रम जूमको माध्यमबाट काठमाडौंबाट जीवन विज्ञानका गुरुद्वय एलपी भानु शर्मा र रमेश नेपालको प्रत्यक्ष सानिध्यमा संचालन हुनेछ ।

यूके समयअनुसार बिहान ५:३० -७.०० र नेपाली समय १०:१५ मा हुनेछ । कार्यक्रममा सहभागी हुन २२ अक्टोबरभित्र https://forms.gle/nS3sWpgGcDYxggad6  निम्न लिंक गर्न सकिने जनाइएको छ । आयोजकले जीवन विज्ञान यूकेले आगामी शनिबार २३ देखि ३१ अक्टोबरसम्म आयोजना गर्न लागेको यो ९ दिने सातौ स्वसंवाद कार्यक्रम आफूभित्रको मसँग संवाद गर्ने विज्ञानमा सहभागी भई लाभान्वित हुन आग्रह गरेको छ ।

जीवन विज्ञानको यो ९ दिने स्वसंवाद कार्यक्रम उपयोगी साबित हुने अभियन्ता गुरुङले बताइन् । उनका अनुसार विषम र बिकराल परिस्थितिबाट गुज्रिन बाध्य भएका दुखी र बिक्षिप्त मनहरुलाई बढी उपयोगी अनुभवीहरु बताउँछन् । त्यस्तै तनावमुक्त रहन, दुस्खबाट पार पाउन, जीवनजगतको मर्म र सत्यतालाई बुझ्न यो स्वसंवाद कार्यक्रम अत्यन्त उपयोगी हुने र यसबाट थुप्रै पूर्वसहभागीहरुले लाभ उठाइसकेका बताइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!