बेलायतवासी तुम्बापो दम्पतीले छोराको जन्मोत्सव मनाए बालगृहमा

SHARE:

लन्डन । बेलायतवासी एक दम्पतीले आफ्नो एक वर्षीय छोराको जन्मोत्सव नेपालस्थित बालगृहमा मनाएका छन् ।

नरेन्द्र र सीता तुम्बापोले आफ्ना छोरा नाम्साङको फस्ट वर्थ डे सेलेब्रेसन बुधबार ‘विबेक स्वच्छ सेवा केन्द्र’ बबरमहल काठमाडौंमा मनाएका हुन् । तुम्बापो परिवार बेलायतमै रहेकाले नाम्साङका कान्छा मामा एवं मनोक्रान्तिका योद्धा गजेन्द्रराज नेम्वाङ, उनकी श्रीमती सबिता नेम्वाङको अगुवाईमा विबेक स्वच्छ सेवा केन्द्रका बालबालिकासँग केक काटेर जन्मोत्सव मनाइएको हो । तुम्बापो परिवारले जन्म दिवसको अवसरमा सेवा केन्द्रमा रहेका ३५ बालबालिकालाई एकदिनको खाजा र खानाको सम्पूर्ण खर्च व्यवस्थापन गरिदिएका थिए ।

मनोक्रान्तिका योद्धा नेम्वाङले भने, ‘बर्थ डे कार्यक्रम सफल आयोजनाको निम्ति आयोजक संस्था ‘बिवेक स्वच्छ सेवा केन्द्र” बबरमहल काठमाडौंका अध्यक्ष श्री रेविका थापाज्यु र उपाध्यक्ष श्री बिजय श्रेष्ठज्यूलाई विशेष धन्यवाद छ ।’ सानु बच्चाहरुलाई देख्न पाउँदा आफूहरुलाई धेरै खुसी लागिरहेको भन्दै नेम्वाङले भने, ‘हामीले जे कर्म गर्दैछौं, सही गर्दैछौं । हाम्रो कर्मले मसिना बच्चाहरुलाई उर्जा र प्रेरणा मिल्छ भन्ने लागेको छ । हाम्रो बहिनी र ज्वाइँको सोच पनि त्यही हो । केक काटियो र भोजनको व्यवस्था गरेका छौं ।’

सेवा केन्द्र सञ्‍चालक रेविका थापाले बर्ड सेलिब्रेसन गर्नका लागि आफूहरुको संस्था चुज गरेको भन्दै गजेन्द्र नेम्वाङ र सबिता नेम्वाङलाई धन्यवाद दिएकी थिइन् । उनले नाम्साङका परिवारलाई समेत धन्यवाद र बधाई दिइन् । ‘राम्रो छोराका लागि तपाईंहरुलाई बधाई छ । परदेशमा बसेर पनि नेपालका कुनाकाप्चामा भएका गरिब, दुखीप्रती सधैं मन खोल्ने र आँखा चनाखो पारिदिनु भएकोमा धन्यवाद हृदयदेखि नै,’ उनको आग्रह थियो, ‘हामीसँग रेगुलर स्पोन्सर छैन । सहयोग गरिदिनु होला ।’

दिनभरिको खाना व्यवस्थापन गरिदिएको भन्दै सेवा केन्द्रको तर्फबाट तुम्बापो परिवारका लागि नेम्वाङ दम्पतीमार्फत सम्मान पत्र दिइएको थियो । कार्यक्रममा भाइरल सृस्टि तामाङ, गजेन्द्रकी जेठीसासु दिलकुमारी तुम्बापो, इन्द्र सम्फाहाम्फे, अन्य आमन्त्रित पत्रकार एवम् अतिथिहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!