लण्डन कात्तिक ७ ।

ब्लड क्यान्सरपीडित पदमकुमारी गुरुङलाई बेलायतबाट २१ लाख ४८ हजार रुपैयाँभन्दा बढी सहयोग पठाइएको छ ।
लमजुङको क्होलासोंथर गाउँपालिका ७ मप्योङ गाउँकी ३५ वर्षीया बेलायतमा समाजसेवी दिलमाया गुरुङको अगुवाईमा संकलित २१ लाख ४८ हजार १७४ रुपैयाँ शनिबार अक्टोबर २३ तारिख २०२१ का दिन बिरामी पदमकुमारीलाई चेक हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरणका क्रममा बिन्ध्यावासिनी हाइड्रो कम्पनीका बोर्ड डाईरेक्टर ओम गुरुङ, तमुधिं लन्डन एकाई आमा उपप्रमुख बिनु गुरुङ, क्या दीपकराज घले, वीर हस्पिटलका नर्स ज्योति गुरुङ, पूर्व ओभरसियर हर्क गुरुङ, तमु मै ता का प्रबन्धक युग गुरुङ, कलाकार प्रतिमा गुरुङ, सन्चारकर्मी प्रेम गुरुङको रोहवर र पदमको सपरिवारको उपस्थितिमा रहेको दिलमायाले जानकारी गराएकी छन् ।
क्यान्सर रोगपश्चात् उनी विगत ८ महिनादेखि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा उपचाररत छिन् ।






