तमु समाज युकेले खेल्यो देउसी भैलो

SHARE:

शिवशरण गुरुङ
लन्डन । तमु समाज युकेले नेपालीहरुको पर्व तिहारको अवसरमा हरेक वर्ष आयोजना गरिने देउसी भैलो कार्यक्रम पारिवारिक वातावरणमा सम्पन्न गरेको छ ।

फुर्सद भएका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, आमा समूहका आमा दिदीबहिनीहरु र आजीवन सदस्यहरुको उपस्थिति रहेको तमु समाज युके देउसी भैलो कार्यक्रम २०२१को संयोजन उपाध्यक्ष भिमबहादुर गुरुङले गरेका थिए । प्रवासमा नेपाली संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तमु समाज युकेले गत आइतबार नोभेम्बर ७ तारिख २०२१ मा बरहाम पार्क वेम्बली लण्डनस्थित आफ्नै समाज घर तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा भेला भई सामूहिक रुपमा देउसी भैलो खेलेको थियो । समाजका सदस्यहरुबीच एकआपसमा तिहारको शुभकामना आदानप्रदान गर्दै पारस्परिक सम्बन्धलाई सबल, प्रगाढ र सुमधुर बनाउनुको साथै समाजको कोष वृद्धिका लागि आर्थिक दान संकलन गर्ने तिहार देउसी भैलो कार्यक्रम २०२१को मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।

समाजका अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा महासचिव धरम बल गुरुङले संचालन गरेको देउसी भैलो कार्यक्रमको औपचारिक शुभआरम्भ अध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गरुङ, पूर्वअध्यक्षद्वय शिवशरण गुरुङ र अर्जुनकुमार गुरुङ, आमा समूहका पूर्वअध्यक्ष माया गुरुङ तथा निवर्तमान अध्यक्ष बिन्दु घलेले दीप प्रज्वलन गरी संयुक्तरुपमा गरेका थिए । कार्यक्रममा उपस्थित सबैले दिनभर देउसी भैलो खेलेर भरपुर मनोरन्जन गर्दै नाचेर आर्थिक दान पनि समाजलाई गरेका थिए । कोषाध्यक्ष खेमबहादुर गुरुङको सहयोगमा आमा समूहले कार्यक्रममा सहभागी सबैलाई नि:शुल्क स्वादिष्ट खानपिन तथा पेय पदार्थको बन्दोबस्त गरेका थिए ।

संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको पनि उपस्थिति रहेको देउसी भैलो कार्यक्रममा आमा दिदीबहिनीहरु तमु भेषभूषामा फूलमाला लगाएर परम्परागत शैलीमा मादलको धुनसहित देउसी भैली भट्याउँदै र नेपाली लोकभाकामा नाच्ने गाउने गर्दै नेपालीहरुको महान् पर्व तिहारको पावन अवसरमा आफ्नो संस्कृति पनि जोगाऔं र समाजको निम्ति केही आर्थिक संकलन पनि गरौं भन्ने भावनाबाट उत्प्रेरित सदस्यहरु, जेष्ठ नागरिक, आमा समूहका आमा दिदीबहिनीहरुको देउसी भैलो कार्यक्रममा स्वस्फूर्त सहभागिता रहेको थियो ।

कार्यक्रमको अन्तमा अध्यक्ष शिवकुमार गुरुङले देउसी भैलो कार्यक्रममा सहभागी भई सहयोग गर्नुहुने सबै महानुभावहरु तथा आर्थिक दान गर्नुहुने सबै दाताहरुलाई आभारसहित हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए । दिउँसो २ बजे आरम्भ भएको देउसी भैलो कार्यक्रम बेलुका ८ बजे समापन गरिएको थियो ।

समाजले यस वर्षको तिहार पावन अवसरमा नोभेम्बर ५ तारिख शुक्रबारको दिनमा पनि तमु समाज युकेका आजीवन सदस्य नरबहादुर गुरुङले आफ्नो घरआँगनमा देउसी भैलो टोलीलाई सहर्षःरुपमा निमन्त्रणा गरी हर्षोल्लासमय वातावरणमा देउसी भैलो खेल्ने शुभअवसर प्रदान गरेका थिए । प्रवासमा रहेर पनि तमु समाज युकेका आजीवन सदस्य गुरुङको परिवारले आफ्नो मौलिक नेपाली संस्कार र संस्कृतिको संग्रक्षण र संवर्द्धन गर्दै उदार भावबाट भावनात्मक सम्मान र आत्मीय सत्कारका साथ देउसी भैलो टोलीलाई स्वादिस्ट खानपिन तथा समाजलाई एक हजार पाउन्ड आर्थिक दान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!