बिसीसी युकेद्वारा स्व.चेम्बर्सप्रति श्रद्धाञ्जली व्यक्त

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बौद्ध धर्मका प्रचारक एवं गोर्खाजका समर्थक रिकी हाईड चेम्बर्स ओबिईप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । गत सोमबार २२ नोभेम्बरका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा एक बिशेष कार्यक्रमको आयोजना गरी बौद्ध परम्पराअनुसार उनको अन्तिम संस्कार गरिएको हो । गत ३१ अक्टोबरका दिन उपचारको क्रममा सेन्ट थोमस अस्पतालमा निधन भएका स्वर्गिय चेम्बर्स बौद्ध धर्मसंग सम्बन्धित व्यक्ति, संघसंस्था साथसाथै गोर्खा समुदायमा परिचित नाम हो ।

विभिन्न बौद्ध धर्मसंग सम्बन्धित संघसंस्था, भूतपूर्व गोर्खाजहरुसंग सम्बन्धित संघसंस्था, भूतपूर्व गोर्खा परिवार, आफन्तजन, शुभचिन्तकहरुको बिशेष उपस्थिति रहेको उक्त अन्तिम संस्कार (फु्यनरल) मा बिसीसी युकेका संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले स्वर्गिय चेम्बर्सले बेलायतमा बौद्ध धर्मको प्रचारप्रसार र भूतपूर्व गोर्खाजहरुको समान अधिकार लगायतको क्षेत्रमा दिएको योगदान बारे चर्चा गरे । साथै, उनले बिसीसी युकेका सल्लाहकार समेत रहेका स्वर्गिय चेम्बर्सको निधनबाट बिसीसी युके र सिंगो समुदायलाई ठूलो क्षति भएको जनाउदै उनीप्रति भावपूर्व श्रद्धाञ्जली संगसगै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरे । त्यस्तै, बिसीसी युकेका अध्यक्षले स्वर्गिय चेम्बर्सको स्मरण गर्दै, उनले आफूसंगको भेटमा, “बुद्धको दर्शन अनुसार मानवको जीवन एकदमै दुर्लभ छ, यस जीवनमा सबैको भलो हुने कल्याणकारी काम गर्नुपर्छ, आफ्नो जीवनलाई सदुपयोग गर्नु पर्छ भन्दै मानव कल्याणको लागि काम गरिरहेको बताउनु हुन्थ्यो । सोही अनुसार उहाँले मानव कल्याणका लागि थुप्रै काम गर्नुभयो, गोर्खा अधिकारका लागि अनशनमा बस्नुभएका साथीहरुको ज्यान जोगाउनु भयो” भन्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

त्यस्तै, आर्म फोर्सेस् बुद्धिष्ट च्याप्लेन्सीका डा. सुनिल र धर्म सेन्टरका डोन डि सिल्भाले स्वर्गिय चेम्बर्सले दिएको योगदान बारे चर्चा गर्दै भावपूर्व श्रद्धाञ्जली व्यक्त गरे । सो अवसरमा दलाई लामाका युके तथा युरोप प्रतिनिधि सोनमले दलाई लामाद्वारा पठाइएको समवेदना सन्देश पढेर सुनाएका थिए । बिसीसी युकेका अध्यक्ष तथा कार्यसमिति, बिसीसी युकेका आमा अध्यक्ष उर्मिला गुरुङ तथा आमाहरु, गोर्खा सत्यग्रहका ज्ञानराज राई, धन गुरुङ, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) की देविमाया पुन, तिब्बेतियन कम्युनिटी ब्रिटेनका नेङ्गल, बिसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, धर्म सेन्टर श्रीलंकन कम्युनिटीका सियानी, बिसीसी यूकेका भूतपूर्व अध्यक्ष समेत रहेका कल्याण मित्रका नारायण प्रसाद गुरुङ एमबिई, उपस्थित आफन्तजन, शुभचिन्तक, गोर्खा समुदाय हरुले स्वर्गिय चेम्बर्सको पार्थिव शरीरमा रिथ, फुल तथा खदा चढाएका थिए । त्यस्तै, स्वर्गिय रिकीका छोरा रोविन चेम्बर्सले आफ्नो बुवाप्रति श्रद्धान्जली व्यक्त र आफुहरुप्रति समवेदना प्रकट गरेकोमा बिसीसी युकेलगायत सबैप्रति धन्यवाद दिए ।

बिसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले संचालन गरेको उक्त अन्तिम संस्कारमा बिसीसी युकेका धर्मगुरु लामाद्वय टुल्कु ग्यूरमेद कालसाङ्ग र खेन्पो कुन्ख्यापले बौद्ध परम्परानुसार पूजापाठ गरेका थिए भने भन्ते, जैन र बिसीसी युकेका आमाहरुले उनको मृतआत्माको चीर शान्तिको लागि प्रार्थना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!