जनप्रगतिशील मंच यूकेको अध्यक्षमा मानबहादुर गुरुङ

SHARE:

लण्डन मंसिर २७ ।

नेकपा माओवादी केन्द्रको प्रवासको संगठन नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन् ।

आइतबार भर्चुअल जुममार्फत सम्पन्न चौथो महाधिवेशनले गुरुङको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको हो । पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनमा बेलायतका कार्यवाहक नेपाली राजदूत एवम् उपनियोग प्रमुख रोशनी खनाल पनि विशिष्ट अतिथिका रूपमा सहभागी थिइन् । मञ्च यूकेका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको महाधिवेशनको खुल्ला सत्रमा अन्य राजनीतिक दलनिकट प्रवास संगठनका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महाधिवेशनमा जनता समाजवादी पार्टीनिकट चन्द्र गुरूङ, नेकपा एकीकृत समाजवादी प्रवासी नेपाली एकता मञ्चका कृष्ण तिवारी, राष्ट्रिय जनमुक्ति पार्टीनिकट जनमुक्ति मञ्च यूकेका अध्यक्ष नारायण पुन, नेपाल आदिवासी जनजाति महासंघ९नेफिन०, नेपालका भक्त दुरा, नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राई, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष नरेश खपाङ्गी मगर, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुव अर्याल, अर्को समूहको प्रतिनिधित्व गर्ने महासंघका विपीन निरौला लगायतले सफलताको शुभकामना दिएका थिए।

मञ्चका नेता तुल छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा महिला विभाग प्रमुख विमला लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् । मञ्च यूकेको स्थापना सन् २००४ मा भएको हो । नेकपा विभाजन भएर पूर्ववत् नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भएसँगै प्रवासमा पनि सङ्गठनहरूको गठन पुनगर्ठन भइरहेको छ ।

नेपाली जनप्रगतिशिल मंच युकेको पूर्ण कार्यसमिति

१.अध्यक्ष –मान बाहादुर गुरुङ

२.उपध्यक्ष– शेर सिङ ठकुरी

३.उपाध्यक्ष– तुल छन्त्यल

४.उपाध्यक्ष– नबिन स्यङ्तन तमाङ

५. उपध्यक्ष– फुल प्रसाद कडेल

६. महासचिब – बिमला लिम्बु

७.सचिब- कान्छा राम बुढाथोकी (बिनय)

८.सचिब- राज मनि राई

९.कोषाध्यक्ष- कपिल श्रेष्ठ

१०.सह कोषध्याक्ष – माया के.सि ।

सदस्यहरु

११. राम मणी रिझाल

१२.हरि कृष्ण पौडेल

१३।० बिष्णु चालिसे

१४. रूद्र गैरे

१५।० मिलन लिम्बु

१६. बिपिन गुरूङ्ग

१७. अरूण थापा

१८. जित गिरी

१९।० महेश देवकोटा

२०. कृष्ण खनाल

२१.दिपक कुमार गुरुङ

२२. लक्पा डोमा शेर्पा लामा

२३.गंगा कुमारी गुरुङ

२४.बिशाल गोले तामाङ्

२५. राजेन्द्र गुरुङ

२६. वीर बराल

२७. सागर सुब्बा

२८. मेख गुरुङ

२९. रचाना राई

३०.  हरि अर्याल

३१।० बिष्णु माया बस्नेत

३२. रबि घिमिरे

३३. ललित परियार

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!