बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि सन्तोषलाई

SHARE:

लण्डन पुष १३ ।

नेपाली मूलका सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच जितेका छन् ।

सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि हात पारेका हुन् । उनले १८ किसिमका नेपाली खानेकुरा प्रस्तुत गरेका थिए ।

यस वर्षको मास्टरसेफ प्रोफेसनल्समा विगतमा वर्षहरुमा फाइनलमा पुगेकाहरुलाई प्रतिस्पर्धा गराइएको थियो । जसमा साहका अलाबा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क, फिलि आर्मिटाज मार्टिनेज, बार्ट भान डर ली प्रतिस्पर्धी रहेका थिए ।

सिरहा कर्जन्हाका साह गत वर्ष मास्टरसेफ प्रोफेसनल्सको फाइनलमा पुगेका थिए । मौलिक नेपाली खाना बनाउन मन पराउने साहको कुकबुक पनि प्रकाशित भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!