बेलायतमा कोरोना संक्रमणबाट एकैदिन ३९८ जनाको मृत्यु

SHARE:

लण्डन पुष २९ ।

 

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन ३९८ जनाको मृत्यु भएको छ ।

नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण सुरु भएयता पहिलोपटक सबैभन्दा बढीले ज्यान गुमाएका ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघेको छ । संक्रमण तीव्र हुँदै जांदा मृत्यु दरमा पनि वृद्धि हुँदै गएको हो ।

पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत साताको तुलनामा ३३।४ प्रतिशतले कमी हो । अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको छ । यसअघि ओमिक्रोनका कारण बेलायतमा दैनिक संक्रमित संख्या दुई लाख २० हजार नाघेको थियो ।

अहिले अस्पताल भर्ना हुनेको सङ्ख्या पनि वृद्धि भएको छ । बितेको २४ घन्टामा दुई हजार ४९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने १९ हजार ७३५ जनाको अस्पतालमा उपचार भइरहेको छ । यसैगरी ७९३ जना भेन्टिलेटर बेडमा उपचाररत छन् । बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५७ लाख ३९ हजार ३२६ डोज खोप वितरण भइसकेको छ ।

जसमध्ये पाँच करोड २० लाख ११ हजार ८३५ जना अर्थात् ९०.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ७७ लाख ७४ हजार २४८ जना अर्थात् ८३।१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेका छन् । यसैगरी, तीन करोड ५९ लाख ५३ हजार २४३ अर्थात् ६२.५ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!