विगतका कमी कमजोरीको आत्मसमिक्षा गरि वार्ता निर्णायक बनाउन गेसोको अपिल

SHARE:

लण्डन माघ ९ ।

भूतपूर्व गोर्खा सैनिक संघ गेसोले बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीच हुन लागेको वार्ता अघि कार्यगत एकतामा जोड दिएको छ ।

गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै विगतमा भएका कमी कमजोरीको आत्मसमिक्षा गरि वार्ता निर्णायक बनाउन अपिल गरेका हुन् । समानता प्राप्तिको लडाईं लडेको तीन दशक भइसक्दा पनि भूतपूर्व गोर्खाहरुमाथि बेलायतको विभेद अझै कायम रहेको भन्दै गेसोले गोर्खा संगठनहरुलाई एकजुट भएर लाग्न आग्रह गरेको छ ।

बेलायतका लागि नयां राजदूत ज्ञानचन्द्र आचार्य यहां आएपछि त्रिपक्षीय वार्ता अगाडि बढाउने नेपाल सरकारको तयारी छ । गेसोले वार्ता समितिमा पनि सर्वपक्षीय प्रतिनिधित्व माग गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!