चार्टर्ड फाइनान्सियल एडभाइजर बने मिन दर्लामीमगर

SHARE:

लन्डन ३० जनवरी । बेलायतमा लामो समयदेखि वित्तीय परामर्श सेवा दिँदै आइरहेका फाइनान्सियल एडभाइजर मिन दर्लामीमगर अब चार्टर्ड फाइनान्सियल एडभाइजर बनेका छन् ।

हालै लण्डन इन्स्टिच्यूट अफ फाइनान्स एण्ड बैँकिङबाट सो परीक्षा उत्तीर्ण गरी उनी चार्टर्ड फाइनान्सियल एडभाइजर बन्न सफल भएका हुन् । दर्लामीले पेन्सन ट्रान्सफर, ट्याक्स इफिसियन्ट इन्भेष्टमेन्ट एण्ड स्टेट प्लानिङ, इन्भेष्टमेण्टमा विशेष दक्षता हासिल गरेका छन् ।

फाइनान्सियल प्लानिङमा एडभान्स्ड डिप्लोमा गरी सम्बन्धित प्रोफेसनल्स निकायको सदस्य भएको र कम्तीमा पाँच वर्षको पेशागत अनुभव भएको व्यक्तिले चार्टर्ड फाइनान्सियल एडभाइजरको अध्ययन गर्न पाउँछन् । वित्तीय क्षेत्रमा कुनै पनि विषयमा विशेषज्ञता हासिल गर्नका लागि यस कोर्सको अध्ययन गर्ने गरिन्छ । चार्टर्ड उपाधि पाउनका लागि निकै कडा परीक्षा पार गर्नुपर्ने हुन्छ । चार्टर्ड एडभाइजरलाई राम्रो जानकारीसहितको वित्तीय योजना तथा सल्लाहका लागि विश्वसनीय मानिन्छ ।

चार्टर्ड फाइनान्सियल एडभाइजर बनेपछि सेवाग्राहीप्रति अतिरिक्त जिम्मेवारी र प्रतिवद्धता थपिएको उनले बताए । दर्लामी सन् २०१५ मा नै फाइनान्सियल एडभाइजर बनेका थिए । उनी लण्डनमा रहेको ए स्टार फाइनान्सियल सोलुसन्स सर्भिसेजका प्रबन्ध निर्देशक हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!