लन्डन ४ मार्च । पोखरेली मञ्च यूकेको नयाँ नेतृत्वका लागि २६ मार्च शनिबार निर्वाचन हुने भएको छ ।
निर्वाचन मण्डलले एक सूचना जारी गर्दै २६ मार्चका दिन मञ्चको साधारणसभा तथा कार्यसमितिको निर्वाचनबारे जानकारी गराएका हुन् । उनका अनुसार निर्वाचन बेजिङस्टोकसथित कार्निभल हलमा बिहान ११ बजे निर्वाचन सुरु हुने छ ।
निर्वाचन तालिका अनुसार मार्च २६ मा उम्मेदवारी मनोनयन पत्र दाखिला दिउँसो २ बजेदेखि २:२५ सम्म, उम्मेदवार मनोनयमा दाबी विरोध २:२५ देखि २:५० बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २:५० देखि ३ बजेसम्म र ३ बजे मतदान हुने उल्लेख छ ।
पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले उक्त साधारणसभा तथा कार्यसमितिको निर्वाचनमा सहभागी भई दिन अनुरोध गरेका छन् ।
मञ्चले एकेन्द्र गुरुङको नेतृत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । जसको सचिवमा बिक्रम भट्टराई, सदस्यहरुमा राजन क्षेत्री, प्रेम बिक र एक पुन रहेका छन् ।






