परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता, बाजपेयीको अन्त्येष्टि समारोहमा सहभागी

SHARE:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच विदेश मन्त्रालयमा संक्षित शिष्टाचार भेटवार्ता भएको छ ।

 

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अन्त्येष्टि समारोहमा भाग लिन शुक्रबार यहाँ आएका मन्त्री ज्ञवालीले समकक्षी स्वराजसँग भेट गरेका हुन् । भेटमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता बाजपेयीको निधनप्रति हार्दिक समवेदना प्रकट गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी उक्त भेटमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले पठाएको समवेदना सन्देश पनि मन्त्री स्वराजलाई हस्तान्तरण गरेको जानकारी दिइएको छ ।

बाजपेयीको अन्त्येष्टी समारोहमा मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री ज्ञवाली भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीप्रति अन्त्येष्टिस्थलमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ९३ वर्षको उमेरमा निधन भएका बाजपेयीको राष्ट्रिय स्मृति स्थलमा दाहसंस्कार गरिएको छ ।

गत ११ जुनमा मिर्गौला, छाती र पिसाबसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बाजपेयीले पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रोपटक सन् २००२ मा ११औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए ।

बाजपेयीप्रति श्रद्धान्जली व्यक्त गर्न आजै बिहान दिल्ली आएका मन्त्री ज्ञवाली शनिबार मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!