एटा संवाददाता
अल्डरसट । सयपत्री नेपाली कल्चरल ग्रुप युकेले आउँदो ८ सेप्टेम्बर शनिबारका दिन ‘सयपत्री साँझ–२०१८’ आयोजना गर्ने भएको छ । सदाझैं यसवर्ष पनि स्थानीय तथा नेपालका नेपाली कलाकारहरुको विशेष उपस्थितिमा सो साँझको आयोजना गर्न लागिएको हो ।
सन् २००६ देखि नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आएको समूहले अल्डरसटस्थित दि प्यालेसमा सो साँझ बेलुकी साढे ६ बजेदेखि सो आयोजना गर्न लागेको हो ।
अहिले देश विदेशमा बस्ने नेपालीहरुको मनमा बस्न सफल ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन…’ बोलको चर्चित गीत लगायत थुप्रै गीतको संगीत भरिसकेका संगीतकार तथा गायक टंक बुढाथोकीको बिशेष उपस्थितिमा सम्पन्न हुन लागेको सो साँझमा उपस्थित भैदिनहुनका लागि ग्रुपका अध्यक्ष डमर सिंहले बेलायतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गरेका छन् । संगीतकार एवं गायक बुढाथोकी नेपालबाट आउँदो ४ सेप्टेम्बरका दिन लन्डन आइपुग्ने अध्यक्ष सिंहले जानकारी दिएका छन् ।






