गोपाल थापा
रेडिङ। भेरी समाज युकेलेगत शनिबार ४ अगष्टमारेडिङस्थित स्थानीय खेल मैदानमा गृष्मकालीन भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संयुक्त अधिराज्यमा छरिएर बसेका सम्पूर्ण भेरी समाजका गाउँलेहरुलाई एकै थलोमा जमघट गराई दुःख रसुखका थकाईको भारी बिसाई आपसी सद्भाव तथा सौहार्दता अभिवृद्धि गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । नेपाल र ब्रुनाई लगायत विभिन्न देशबाट आएका गाउँलेहरु आ–आफ्ना भेषभुषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमलाई मुख्य अतिथि एवं राप्ती समाजका अध्यक्ष हिक्मतसिंङ रोका र समाजका अध्यक्ष थापाले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी नेपाली राष्ट्रिय गानका साथ कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष गोपाल थापाले हाँस्य कविताका साथ संस्थाको विषयमा बताउँदै उपस्थित सम्पूर्ण अतिथि तथा समाजका महानुभावहरुलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै, उनले २१औं शताब्दीको परिवर्तित युगमा आएर विगतका भूलहरु सुधार गरी परिवर्तन गर्दै समयानुकुल अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भेटघाटमा नारायण घले, सन्जोग जिसि, शीवना थापा, दिलु गाहा मगर, रोजी गुरुङ, सोनिका थापा, सोनम थापा,पुष्पा आले,रमा आले र झरना गुरुङलगायत कलाकाहरुले एकल तथा सामुहिक गीत प्रस्तुत् गरेका थिए ।
साथै, घन थापाले मिठो कविता वाचन गरि सबैलाई मन मुग्ध बनाएका थिए । त्यस्तै, सुशील गुरुङ, मीना आले गुरुङ, दिपेस गुरुङ र साथीहरु,फिरोज थापा र साथीहरुले सामूहिक गीत प्रस्तुत् गरेका थिए भने बाल कलाकारहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरी दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउँने जिम्मा पाएका उद्घोषक शुसिल गुरुङले मनोरञ्जनात्मक कार्यक्रमको बीच–बीचमा रमाईला चुट्किला ,कविता र मुक्तक बाचन गरी कार्यक्रमलाई थप उर्जा दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्र र बिषयमा सफलता प्राप्त गर्ने उत्कृष्ट ब्यक्तिहरुलाई समुदायको तर्फबाट हार्दिक धन्यबादका साथ प्रमाण पत्र र खादा ओढाई सम्मान गरिएको थियो । त्यस्तैगरी संस्था प्रति सदैव सद्भाव र सहयोग गर्ने बाल कलाकारहरुलाई पनि केहि उपहारको साथ सम्मान गरिएको थियो ।
भाग्योदय चिठ्ठाको समेत आयोजना गरिएको कार्यक्रममादिदीबहिनीहरुले तीजको गीतमा नृत्य गरेका थिए । त्यस्तै, संस्थाका इच्छुक ब्यक्ति र संघ संस्थाहरुले भाग्योदय चिठ्ठाको पुरस्कार प्रायोजन गरेका थिए ।
भेरी समाजका अध्यक्ष गोपाल थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव झक थापाले स्वास्थ्य तथा सुरक्षा बारे जानकारी दिएका थिए भने संस्थाका उपाध्यक्ष गगन थापाले स्वागत मन्तव्य राखेका थिए ।






