मानसिक दु:खका कारण ‘विचार’

SHARE:

नगेन्द्रराज नेम्वाङ

‘खाना पचाउनका लागि पेट खाली हुनुपर्छ, अरुको कुरा बुझ्नका लागि मन खाली हुनुपर्छ’ यो भनाइ डा. योगी विकाशानन्दको हो । कोठा साँगुरो भयो भने समान धेरै अटाउँदैन, दायाँबायाँ हिँडडुल, चलखेल गर्न असहज हुन्छ । कोठा फराकिलो भयो भने धेरै सामान अटाउँछ, चलखेल गर्न सजिलो हुन्छ । कोठालाई तोडफोड गरी भत्काउने हो भने कोठा आकाशसँग जोडिन्छ अर्थात् कोठा आकाशमा परिणत हुन्छ । आकाश फराकिलो हुन्छ । आकाशमा हवाईजहाज उडाउन मिल्छ । कोठाभित्र हवाईजहाज उडाउन मिल्दैन, ठोकिन्छ जताततै, अहिलेको आधुनिक जीवनशैलीमा आध्यात्मिक ज्ञान, योग, ध्यान र साधना नजोड्ने हो भने मानसिक पीडाबाट मुक्त हुन असम्भव हुन्छ ।

हामी मान्छे मानसिक रुपमा पीडित हुनु, आनन्द प्राप्त गर्न नसक्नुको कारण सानो कोठामा नै सीमित रहनुजस्तै हो । हाम्रो मनमस्तिष्क अर्थात् खोपडीमा अनावश्यक विचारहरु खाँदिएर बसेको हुन्छ । गुरु डा. योगी विकाशानन्दका अनुसार २४ घण्टाभित्र हाम्रो मस्तिष्कमा ६० हजार विचारहरु फुर्छन् । १५ प्रतिशत सकारात्मक २५ प्रतिशत तटस्थ बाँकी ६० प्रतिशत नकारात्मक विचार उत्पन्न भइरहेको हुन्छ । निरन्तर त्यही नकारात्मक विचारले मानसिक रुपमा पीडित भइरहेका हुन्छौं । खोपडीलाई कोठासँग तुलना गरौं । खोपडीलाई कोठाजस्तो तोडफोड गर्न मिल्दैन । खोपडीको आकार बढाउन पनि मिल्दैन ।

त्यसोभए के गर्ने ? आनन्द प्राप्तिका लागि । मनमा नकारात्मक विचार फुर्न नदिने, यो त असंभव नै हुन जान्छ । विचार धेरै शक्तिशाली हुन्छ । विचारलाई नियन्त्रणा गर्न खोज्नु पनि अर्को विचार हो । विचारले विचारलाई रोक्नै सक्दैन । विचार मनको अवस्था पनि हो । विचार अर्को भाषामा भन्ने हो भने सानो चित्त हो । सानो चित्तमा बाँचिरहेको अवस्थामा सहने क्षमता कम हुन्छ । विवादमा फस्ने संभावना बढी हुन्छ ।
मनको अवस्था विचारलाई त्यागेर कल्पना, भावना, सपना, करुणा, प्रेममा, परिवर्तन हुनेबित्तिकै आनन्दको महसुस हुन थाल्दछ । मनको यो अवस्थालाई लामो समयसम्म टिकिरहने कुरो पनि भएन । सीधा हामीलाई थाहा हुनुपर्ने प्रेममा आनन्द हुन्छ । विचारमा दु:ख हुन्छ । प्रेम चलिरहेको अवस्थामा विचार फुर्दैन । मानसिक रुपमा आनन्द प्राप्त गर्नका लागि विचारबाट मुक्त हुनु पर्‍यो । विचारबाट मुक्त हुनका लागि नियमित साधना, सफल व्यक्तिहरुको संगत, प्रशस्त ज्ञान प्राप्ति, स्वस्थ र तन्दुरुस्त शरीर, मानवतावाद प्रकृतिप्रेमी हुनु पर्दछ ।

विचारको सानो कोठालाई तोडेर खुल्ला आकाशजस्तै मनको अवस्थालाई बुझ्न सकियो भने आनन्द प्राप्त गर्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!