शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको साधारणसभा सम्पन्न

SHARE:

एटा संवाददाता

अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेको नवौं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गत २४ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा अवस्थित कम्युनिटी सेन्टरले सञ्चालन गर्दै आएको मन्दिरमा सो साधारणसभा सम्पन्न भएको हो ।

कम्युनिटी सेन्टरका साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कम्युनिटी सेन्टरले खरिद गर्न लागेको शिव मन्दिर भवनबारे व्यापक रुपमा छलफल भएको थियो । सो अवसरमा सेन्टरका संरक्षक डा. विनोद कुमारले कम्युनिटी सेन्टरको अवधारणा विगत नौं वर्षदेखि भएको बताउँदै मन्दिर भवन खरिद गर्ने प्रस्तावको प्रशंसा गरे । त्यस्तै, सेन्टरका लन्डन प्रतिनिधि मेजर सूर्य उपाध्यायले लन्डनबाट आएका उद्यमी, समाजसेवी एवं दाता रवि लामिछानेलाई स्वागत गर्दै व्यक्तिगत रुपमा शिव मन्दिरको स्थापनार्थ करिब १३ हजार पाउन्डको सहयोगको प्रतिवद्धता व्यक्त गरेकोमा प्रशंसा गरे । सो अवसरमा लामिछानेलाई कम्यूनिटी सेन्टरले नेपाली टोपी लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा गे्रटर रसमुर नेपाली कम्युनिटी युकेका अध्यक्ष जीव बेल्वासेले सामान्यतः प्रशासनमा आईपर्ने प्राविधिक विषयका लागि रश्मुर बोरो काउन्सिल र स्थानीय एमपीसँग भेट गरी बैठक बस्ने कुरा बताए । त्यस्तै कम्युनिटी सेन्टरका कोषाध्यक्ष वाचस्पति रेग्मीले च्यारिटी गिप्mट एडको व्यवस्था गरी दान रकमको २५ प्रतिशत थप रकम जुटाउने र कोषमा जम्मा गर्नुपर्ने बताए । कम्युनिटी सेन्टरका महासचिव बिक्रम भट्टराईले सञ्चालन गरेको कार्यक्रममा फार्नबोरो साई सेन्टरकी अध्यक्ष सुष्मा कुमारी गुरुङले सो शिव मन्दिर खरिदका लागि साई सेन्टरको तर्फबाट ५० हजार पाउन्ड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनको प्रतिवद्धतालाई ठूलो तालीको गर्जनले स्वागत गरिएको थियो ।

हालसम्म मन्दिरका लागि दुई लाख पाउन्डको प्रतिवद्धता आइसकेको र सो २ लाखको च्यारिटी गिप्mट एड रकम समेत आउने कार्यकारी समितिको विश्वास रहेको छ । त्यस्तै, सो मन्दिर भवन सहयोगार्थ ईण्डियन विङ्ग (हाल भंग भैसकेको) द्वारा ११ हजार पाउण्ड जम्मा गरिने भएको छ । त्यस्तै, मन्दिरको सहयोगार्थ व्यापारी संस्था तथा सघसंगठनसँग अपिल गरिने निर्णय समेत गरेको छ ।

कार्यक्रममा क्रिश कक्कड, अनुप बर्मा, प्रवेश केसी, अम्मर मल्ल्ले आ–प्mनो शुभेच्छा र विचार विमर्श राखी मन्दिर बनाउन सकारात्मक सोंचबाट अगाडि बढ्ने विचार प्रकट गरे । त्यस्तै तमुधिं युकेका उपाध्यक्ष हित काजी गुरुङ, अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, कम्युनिटी सेन्टरका उपाध्यक्ष क्याप्टेन गोपाल विकले योजनावद्ध कार्यक्रमबाट आप्mनो भवन खरिद गर्न सकिने विश्वास व्यक्त गरे ।

त्यस्तै, सुभाष कायस्थले थप एक हजार पाउण्ड माथिको प्रतिवद्धता व्यक्त गरे । निकै उत्साही भक्त एवं समाजेसवीबाट बैठकको दिनमा मात्र ६३ हजार पाउण्ड प्रतिवद्धता पाइएको कुरा सल्लाहकार भिम बानियाँले जनाए । ग्रेटर रश्मुर नेपाली कम्युनिटीका उपाध्यक्ष रन्जिता मल्लको बिशेष उपस्थिति रहेको कार्यक्रममा महासचिव बिक्रम भट्टराईले आप्mनो प्रतिवेदनमा १ हजार, ३ हजार र १० हजारको प्रतिवद्धता गरी सहयोग गर्ने भक्तिदाता एवं सामाजिक अभियन्ताहरुलाई कम्युनिटी एवं मन्दिरको ट्रष्टी बनाइने र सम्मानको पात्र बनाइने बताए ।

कार्यक्रममा महासचिव बिक्रम भट्टराई, कोषाध्यक्ष बाचस्पति रेग्मी र अध्यक्ष रोहित गुरुङले आ–आप्mनो प्रतिवेदन पेश गरेका थिए । उनीहरुको प्रतिवेदन माथि हरि भट्टराई, निलकण्ड पौडेल र इन्द्र शर्माले जिज्ञासा राखेका थिए ।
बैठकको समापन गर्दै अध्यक्ष रोहित गुरुङले नवमनोनित हर्क गुरुङ मन्दिर खरीद संयोजक र हरि भट्टराईलाई ट्रष्टीमा चयन गरिएकोमा खुसी व्यक्त गर्दै खरीद कार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले समाजका अग्रज, व्यापारी वर्ग, एवं सर्वसाधारणहरुलाई मन्दिर बन्ने निश्चितामा थप ईट्टा राख्न हृदयदेखि अनुरोध गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!