कपाल झर्नु

SHARE:

नगेन्द्रराज नेम्वाङ


मान्छेको सुन्दरतामा कपालको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रदूषित वातावरण अस्वस्थकर खानपान, अव्यस्थित जीवनशैलीको कारण कपाल झर्ने समस्या हुने गर्दछ । यसले आफ्नो व्यक्तित्वमा समेत असर पर्ने हुँदा समयमै यसको रोकथाम बारेमा विचार पुर्‍याइहाल्नु पर्दछ ।

कारणः खानामा पौष्टिक तत्वको कमी हुनु, मानसिक तनाव, डर–त्रास हुनु, भिटामिन बि ६ जींक, आइरन फलिन एसिडको कमी हुनु, कपालको सफाईको अभाव हुनु, वंशाणुगत गुणको कारण पनि कपाल भर्ने गर्दछ ।
उपचारः दैनिक भोजनमा सुधार, योग, ध्यान, प्रणायाम आदिबाट कपाल झर्नेको रोकथाम गर्न सकिन्छ ।

योजनः भोजनमा पौष्टिक तत्वयुक्त (जिंक ओमेगा ३ फलिक एसिड, आयोडिनको अभावले कपाल झर्ने हुँदा यसको भोजन आपूर्तिमा ध्यान पुर्‍याउनु पर्दछ । जिंक पाईने खानेकुराहरु, अण्डा, सागपात, दाल, अदुवा, काजु, पेश्ता, गहुँका परिकारहरु आदि हुन् । ओमेगा ३, माछाको तेल ओखर, आलसको तेलमा पाइन्छ । कपाल प्रोटिनले बन्ने हुँदा प्रोटिनयुक्त भोजन (दूध, दही, भट्मास, अण्डा, चिज, माछा, मासु) स्वास्थ्य कपालको लागि आवश्यक पर्दछ ।
भिटामिन ‘ए’ को अभावमा कपाल खस्रो नराम्रो हुनाले भिटामिन (उपयुक्त खानेकुरा, गाँजर, सागपात, मेथी, लसुन, पालुङ्गो आदि) सेवन गर्नु पर्दछ ।

योग व्यायाम
कपाल झर्नु र कपाल फुल्नु समस्याको लागि शोर्षासन उच्चत्तम मानिन्छ । यस बाहेक अगाडि झुकेर गरिने आसनहरु जस्तै, शंकासन, पादहस्तासन, कुर्मासन, पर्वतासन, सर्बङ्गासन आदिले पनि कपाल झर्ने बन्द गराउँछ ।

अन्य
मनतातो तोरीको तेलमा अदुवाको रस मिलाएर कपालको जरामा लगाई टाउको तातो पानीमा भिजाइएको रुमालले सेक्नाले कपाल झर्न कम भई नयाँ केश उम्रन मद्दत गर्दछ ।
धेरै तातो वा चिसो पानीले नुहाउँदा पनि कपाल झर्ने हुँदा जाडो मौसममा मनतातो पानीले नुहाउनु पर्दछ । ज्यादा तनावको कारणले पनि कपाल झर्ने हुँदा तनाव कम गर्नका लागि नियमित योग, ध्यान प्रमायाम गर्नु पर्दछ । अमला वा नरिवलको तेलको मालिस गर्नाले कपाल मजबुद् हुन्छ । तोरीको तेलमा अण्डा र भिटामिन ई मिसाएर लगाउने र १–२ घण्टामा स्याम्पुले नुहाउने । यसो गर्नाले कपाल मजबुत र चम्किलो हुन्छ । कमजोर टुक्रिने, भाँचिने कपाल छ भने नियमित अण्डा खानु पर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!