सगरमाथा आरोही सांसद मिङ्गा ग्याबु शेर्पालाई सभामुख र अध्यक्षको सम्मान

SHARE:

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका संघीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।

संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लिला कुमारी भण्डारीको उपस्थिति रहेको थियो।

शेर्पाले वि.सं. २०८३ साल जेठ १३ गते (मे २७, २०२६) बिहान ५:४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद छन् । यो उनको सगरमाथाको दशौँ सफल आरोहणसमेत हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!